गाउँले न्यूज, २२ बैशाख, सोलुखुम्बु । थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ४ जुवुमा एक किशोरीको मृत्यु भएको छ । सुष्मा राइको दाउरा टिप्ने क्रममा रुखले च्यापिएर मृत्यु भएको हो ।
राम्चेमा रुख लडेर किच्चा गम्भीर घाइते भएकि राईको घटनास्थलबाट उपचारकोलागि लैजादैगर्दा भर्यङखोला दोभानमा मृत्यु भएको प्रहरीले जनाएको छ । दिउसो १ः३० बजे रुख लडेर उनलाई किचेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख शालिग्राम शर्माले जानकारी दिए ।