निर्वाचन बहिस्कार गरेको तिङलामा उपचुनाव नहुने

निर्वाचन बहिस्कार गरेको तिङलामा उपचुनाव नहुने

गाउँले न्युज, २३ साउन, काठमाण्डौ । तिनै तहको निर्वाचन बहिस्कार गरेको सोलुखुम्बुको तिङला उपचुनावमा नसमेटिने भएको छ ।
निर्वाचन आयोगले पालिका प्रमुख तथा वडाध्यक्ष गरी ४६ वटा पदको रिक्त सूची सार्वजनिक गरेको भए पनि सबै पद खालि रहेको सोलु दूधकुण्ड नगरपालिका ११ तिङला भने समेटिएको छैन ।
साविकको तिङ्गला गाविस नेचासल्यान गाउँपालिकामा समेटिएपछि सोलु दूधकुण्ड नगरपालिकामा समेटिनुपर्ने माग गर्दै तिङलाका नागरिकले २०७४ सालमा भएको स्थानिय, प्रदेश र संघीय सबै चुनाव बहिष्कार गरेका थिए ।
मन्त्रिपरिषद्ले तिङ्गलालाई सोलुदूधकुण्ड नगरपालिकामा समेट्ने निर्णय गरेर सोलुदूधकुण्ड नगरपालिका–११ कायम भइसकेको छ । अहिले वडा सचिवको भरमा वडा चलिरहेकोले चाँडो चुनाव गर्न स्थानियले माग गरेको भए पनि उपचुनावको मिति तोक्दा सोलुदूधकुण्ड ११ तिङलालाई समेट्न सकेको छैन् ।
जनप्रतिनिधिविहीन भएको तिङ्गलामा तत्काल चुनाव गराउन सम्बन्धित निकायमा पटक–पटक आग्रह गरे पनि यसपटक समेत चुनावको कार्यसूची नराखिँदा स्थानिय चिन्तित बनेका छन् ।
स्थानियले जनप्रतिनिधि नहुदा आफुहरुले समस्या भोग्न बाध्य बनेको भन्दै उपचुनावको माग गरेका छन । यता निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले भने तिङ्गलामा उपचुनाव नभई विशेष चुनाव गर्नुपर्ने र त्यसका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताए ।

साभार: सोलु एफ एम

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका