गाउँले न्युज, ८ साउन, सोलुखुम्बु । सोलुखुम्बुको लिखु पिके गाउँपालिका वडा नं.१ साउनासा स्थित हिमचुलि नेपालि कागज उधोगमा आगलागि हुदा ४२ लाख भन्दा बढि क्षति भएको छ ।
वर्षा समयमा कामदार सबै घर बिदामा रहेको र कुरुवा विरामी भै उपचारको लागि हस्पिटल गएको बेला बिद्युत सर्ट भएर आगलागि भएको उधोग सञ्चालक गणेश बशादुर बस्नेतले जानकारी दिए ।
उधोगमा आगलागि पछि आवश्यक सबै कच्चा पदार्थ लोकता, कागज बनाउने फ्रेम, केमिकल र मेसिन नष्ट भएको र स्थानीय प्रहरीको उपस्तिथिमा स्थलगत अवलोकलन र मुचुल्का उठाउने काम भएको छ ।