हङकङ: संसद भवनमा छिरेका प्रदर्शनकारीलाई प्रहरीले निकाल्यो

हङकङ: संसद भवनमा छिरेका प्रदर्शनकारीलाई प्रहरीले निकाल्यो

गाउँले न्युज, १७ असार, काठमाण्डौ । हङकङको संसद भावनामा छिरेर तोडफोड गर्ने प्रदर्शनकारीमाथि प्रहरिले अश्रुग्यास प्रयोग गरी त्यहाँबाट बाहिर निकालेका छन् ।
ब्रिटेनबाट हङकङको सार्वभौमिकता चीनलाई सुम्पिएको वर्षगाँठको कार्यक्रमका बेला प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले विधायक परिषद्को भवनमा घण्टौँसम्म कब्जा जमाएका थिए ।
प्रदर्शनकारीलाई भवन खाली गर्न चेतावनी दिएका सयौँ सङ्ख्यामा रहेका प्रहरीले मध्येरात पछि उक्त भवनलाई आफ्नो नियन्त्रणमा लिन सफल भए ।
सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा हङकङमा थुप्रै हप्तादेखि तनाव जारी छ ।

आलोचक चिन्तित
सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकविरुद्धको र्‍याली मूख्यभूमि चीनप्रति राजनीतिक असन्तुष्टि व्यक्त गर्नका लागि प्रयोग गर्न सकिने भन्दै आलोचकहरूको चिन्ता छ ।
हङकङकी प्रमुख कार्यकारी क्यारी लामले स्थानीय समय अनुसार ४ बजे पत्रकार सम्मेलनमा हिंसात्मक रूपमा विधायक कार्यालय तोडफोड गरी प्रवेश गर्ने प्रदर्शनकारीको निन्दा गरिन् ।
सार्वभौमसत्ता हस्तान्तरणको २२ औँ वर्षगाँठमा शान्तिपूर्ण प्रदर्शनको सोमवार योजना गरिएको थियो ।

चेतावनी
एउटा ठूलो स्तरको र्‍यालीमा लाखौँ मानिसहरू सहरमा सहभागी थिए । र्‍याली शान्तिपूर्ण ढङ्गमा अघि बढिरहेको थियो ।
तर दिउँसो खानाको समयमा दर्जनौँ प्रदर्शनकारीहरूले तोडफोड गरेर विधायक परिषद्को भवनमा प्रवेश गरे ।
कयौँ सय मानिसहरूले टाढाबाट हेरिरहेका बेला उनीहरूले भवनलाई आफ्नो नियन्त्रणमा लिए ।

sourse:bbc

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका