Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
उज्ज्यालो पाएपछि बिद्यार्थी उत्साहित – Gaule Khabar

उज्ज्यालो पाएपछि बिद्यार्थी उत्साहित

उज्ज्यालो पाएपछि बिद्यार्थी उत्साहित

गाउँले न्यूज, सोलुखुम्बु । दुर्गम हिमाली जिल्ला सोलुखुम्बुका विद्यार्थीले पढ्नका लागि सोलार पाएपछि उत्साहित भएका छन् । जुनसुकै समयमा बत्ति जाने साना साना पेल्ट्रिक सेटको भरमा पढ्दै आएका दुर्गमका विद्यार्थी लामो सयमसम्म चार्ज टिक्ने सोलार बत्ति पाएपछि खुशी भएका हुन् ।

लिखुपिके गाउपालिकाको बुद्ध माध्यामिक विद्यालय गोलीका विद्यार्थी विक्रम बस्नेतले भन्नुभयो–भरपर्दो विद्युत नहुँदा पढाईमा धेरै समस्या थियो । अब भने बत्ति बिग्रेको समयमा पनि सजिलै पढ्न तथा गृहकार्य गर्न पाउने भइयो । उहाँ जस्ता सयौ द्यार्थीहरुले सोलार बत्ति पाएपछि सहज हुने बताए ।

हाल लिखुपिके गाउँपालिकाका तीन वटा बिद्यालयका बिद्यार्थीहरुलाई सोलार लाईट वितरण गरिएको छ । नेपाली कांग्रेसका नेता समेत रहनुभएका नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाशसिंह कार्कीको नीजि पहलमा जिल्लाका लिखुपिके, सोताङ, महाकुलुङ, माप्यादूधकोशी, नेचासल्यान गाउँपालिकाका दर्जनौँ विद्यालयका करिब चार सय भन्दा बढी विद्यार्थीलाई सोलार लाइट वितरण गर्नुभएको हो ।

एकपटक चार्ज गरेपछि ४८ घण्टासम्म ब्याट्री टिक्ने र विद्याथीलाई पढ्न सजिलो हुने लाइट कार्कीले लिटल सन अमेरिका र युस नेपाल क्लाईम्बर्स एसोसिएसनको सहकार्यमा दुर्गमका विद्यार्थीलाई वितरण गर्नुभएको हो ।

मुलुकको विकाका लागि शिक्षा मुख्य भएकाले शिक्षामा लगानी गर्नु आवश्यक भएको भन्दै कार्कीले विद्यालयदेखिनै भविष्यका कर्णाधार बालबालिकालाई पठनपाठनमा कुनै अवरोध आउन नदिन प्रबिधिको प्रयाग गरेको बताउनुभयो ।

शिक्षालाई गुणस्तरीय बनाउन विद्यालय तहमानै विशेष ध्यान दिन सके मात्रै दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने उहाँको भनाइ छ । सोलुखुम्बुको शिक्षा, स्वास्थ्य तथा विभिन्न क्षेत्रको विकासका लागि व्यक्तिगत पहलमानै सहयोग गर्दै आउनुभएका कार्कीले विकासका लागि अरुले गरेन भन्नु भन्दा पनि आफूले के गरियो भन्ने कुरा मुख्य भएको बताउनुभयो ।

त्यस्तै, बुद्ध माविमा अध्ययनरत विद्यार्थी मध्येबाट पढाइमा उत्कृष्ट आर्थिक अवस्था कमजोर रहेका एक छात्रः र एक छात्रालाई पढाइमा सहयोग पुर्याउन वार्षिक छात्रवृत्ति दिने समेत घोषणा गर्नुभएको छ । आफ्ना विद्यार्थीले पढ्नका लागि उज्ज्यालो पाएपछि काङ्गे्रस सोलुका पूर्व जिल्ला सभापति प्रभुराम बस्नेतले खुशी हुँदै यो सहयोग विद्यार्थीले सँधै सम्झिरहने बताउनुभयो ।

सामाजिक काममा सक्रिय सफल उद्योग व्यवसायी कार्की पछिल्लो समय राजनीतिमा सक्रिय बन्दै प्रदेससभाको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सोलुखुम्बुमा उम्मेदवार बन्नुभएको थियो ।

sourse:himshikharnews

https://gaulenews.com/?p=46450

https://gaulenews.com/?p=44193

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका