मौसम खराबीका कारण उडान ठप्प हुदाँ लुक्लामा २ सय भन्दा बढी यात्रु अलपत्र

मौसम खराबीका कारण उडान ठप्प हुदाँ लुक्लामा २ सय भन्दा बढी यात्रु अलपत्र

गाउँले न्यूज, ३ असार, सोलुखुम्बु । खुम्बु पासाङल्यामु गाउँपालिका स्थित तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा मौसम खराबीको कारण चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र परेका छन् ।
बिहानैदेखि बाक्लो हुस्सु र बर्षाका कारण शुक्रबारदेखि उडान भर्न नसक्दा यात्रु अलपत्रमा परेका हुन् । सोमबार सात वटा उडान तालिका भए पनि सम्पुर्ण उडान रद्ध भएको विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले बताए । उडान प्रभावित हुँदा करिब २५० स्वदेशी तथा विदेशी यात्रु लुक्लामै अलपत्र परेका छन ।
खुम्बु क्षेत्र भ्रमणमा आएका पर्यटकले प्रयोग गर्ने विमानस्थलको बिकल्प नहुँदा यात्रुलाई समस्या भएको हो । केही यात्रु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाडौं फर्किएका छन । सगरमाथासहित विभिन्न हिमालको अवलोकन गर्न आउने पर्यटकका लागि हवाइ यात्राबाहेकको बिकल्प नभएकै कारण वर्षौंदेखिको समस्या उस्तै छ ।

 

https://gaulenews.com/?p=46611

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका