स्पेनमा पहिलो पार्टी बन्यो सत्तारुढ सोसलिस्ट वर्कर पार्टी

स्पेनमा पहिलो पार्टी बन्यो सत्तारुढ सोसलिस्ट वर्कर पार्टी

गाउँले न्यूज, १६ वैशाख, काठमाडौं । स्पेनको संसदीय निर्वाचनमा सत्तारुढ सोसलिस्ट वर्कर पार्टीले अन्य प्रतिष्पर्धी दलहरुलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको छ । अब समाजवादी नेता पेड्रो सान्चेजको नेतृत्वमा सरकार बन्ने छ ।

३५० सिट रहेको तल्लो सदन र २६६ सिट रहेको माथिल्लो सदन (सिनेट)का लागि आइतबार भएकाे निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका पेड्रो सान्चेजको दलले १२३ स्थानमा जित हासिल गरेको हो । यो कुल सिटको २९ प्रतिशत रहेको छ ।

स्पेनमा बहुमत सरकार गठनका लागि १७६ सिट आवश्यक पर्दछ । सोललिस्ट वर्कर पार्टीले सबैभन्दा धेरै २९ प्रतिशत सिट जिते पनि बहुमत हासिल गर्न भने सफल भएन । त्यसैले स्पेनमा अब मिलिजुली सरकार बन्ने पक्का भएको छ ।

निर्वाचन जितेपछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै सान्चेजले संविधानको सम्मान गर्ने र सामाजिक न्यायलाई प्राथमिकता दिने बताएका छन् । सान्चेजले गठबन्धन सरकार गठनका लागि क्षेत्रीय दलहरुसँग वार्ता सुरु गरेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका