विविध मानव निर्मित विकासे कार्यहरू तथा प्राकृतिक रुपमा स्वतः भैरहने घटना, परिघटनाहरूमा मानव जातिको अस्तित्व, पहिचान ः धर्म, कला, संस्कार, संस्कृतिहरू, परम्परा, चालचलन, रीतिरिवाज, जनविश्वासहरू आदिको खोजी, पहिचान, र सहअस्तित्वको पहल गर्नुका साथै ति विषयहरूलाई जीवन्त राख्न आवश्यक पर्ने पर्यावरण, स्रोत साधनहरूको पनि जगेर्ना गर्नु आदिलाई मानवशस्त्रीय जिम्मेवारी मान्न सकिन्छ ।
अतः मानवशास्त्रीहरुको काम र कर्तब्य भनेको समग्र मानव जातिको अस्तित्वको पहिचान, सम्मान वा विकास, संरक्षण र मानवेत्तर जिवजन्तुहरू तथा समग्र विश्व–ब्रमाण्ड कै सहअस्तित्वका लागि सहजकर्ताको भूमिका निभाउनु हो । यस आलेखमा मानवशास्त्रको संक्षिप्त चिनारी तथा नेपालमा मानवशास्त्र विषयको विकासक्रमको संछिप्त इतिहासलाई प्रस्तुत् गर्ने प्रयत्न गरिएकोछ ।
अग्रेजीमा एन्थ्रोपोलोजी शब्द ग्रीकको एन्थ्रोपोसको अर्थ मानव र लोगोसको अर्थ विज्ञान अथवा अध्ययन भन्नेबाट आएको हो । एन्थ्रोपोलोजी शब्द ग्रीकका दार्शनिक एस्टिोटलले पहिलो प्रयोग गरेको पाइन्छ । एन्थ्रोपोलोजी विषयलाई विश्वविद्यालयमा स्थापित गर्ने श्रेय भने ब्रिटिस एन्थ्रोपोलोजिष्ट इ. वि. टैलर (१८३२)लाई दिइन्छ । टैलरलाई आधुनिक मानवशास्त्रको फाउण्डिङ्ग फादरका रूपमा चिनिन्छ । टैलरको अनुसार “संस्कार तथा सभ्यातालाई एउटा वृहत जनजातिय अध्ययनको रुपमा लिन सकिन्छ । यस्ले वृहत्त रुपमा सम्पुर्ण कुराहरूलाई समेट्छ । जस्तैः मान्छेले समाजको सदस्य भएर ज्ञान÷विज्ञान, कला, संस्कृति, मोरल र अन्य कुनै खुवी तथा बानीव्यहोरा सिक्ने गर्दछ ।” टैलरको मानवशास्त्रको यो परिभाषा आजसम्म पनि उत्तिकै महत्वका साथ लिने गरिन्छ ।
एन्थ्रोपोलोजीका मुख्य ४ वटा शाखाहरू छन् । क). कल्चरल एन्थ्रोपोलोजी ख). बायोलोजिकल अथवा फिजिकल एन्थ्रोपोलोजी ग). लिङ्गुइस्टिक एन्थ्रोपोलोजी घ). आर्चियोलोजिकल एन्थ्रोपोलोजी ।
कल्चरल एन्थ्रोपोलोजीले मानव जातिले विकास गरेको व्यावहारिक पक्षहरूः सामाजिक, आर्थिक, राजनैतिक, कला, संस्कृति, संस्कार, रीतिरिवाज, जस्ता मूर्त तथा अमूर्त मानव जिवनसँग प्रत्यक्ष र अप्रत्यक्ष सरोकार राख्ने समग्र पक्षहरूको अध्ययन गर्दछ । फिजिकल एन्थ्रोपोलोजीले मान्छेको शारीरिक बनावट, जिन तथा डिएनए जस्ता विषयको अध्ययन गर्दछ । लिङ्गुइस्टिक एन्थ्रोपोलोजीले भाषा, ध्वनी, शब्द, व्याकरण, हर्कत, तथा प्रस्तुती आदिका बारेमा र आर्चियोलोजिकल एन्थ्रोपोलोजीले पुराना आवशेष, प्रमाणहरूको अध्ययन गर्दछ ।
मानवशास्त्रको एउटा कालखण्डमा साम्राज्यबादी शक्तिहरूले कम्जोरहरूको बारेमा सामाजिक, साँस्कृतिक, आर्थिक पक्षहरूको अध्ययन गरि शासन गर्नका लागि मानवशास्त्रीहरूलाई प्रयोग गरेकोले अझ पनि यदाकदा मानवशास्त्रीहरूलाई साम्राज्यबादी शासकहरूको एजेण्टका रुपमा आलोचना गर्ने तथा दुनियाँमा प्रत्यक्ष शैन्य–साम्राज्यबादको अन्त्यसँगै मानवशास्त्रको अस्तित्व पनि समाप्त भएको भन्ने तर्कहरू पनि पाइन्छन् ।
मानव विकासक्रमको जटिलतासँगै मानवशास्त्रको आवश्यकता बढ्दै गएको पनि कटुसत्य मान्नु पर्दछ । मानव र मानव व्यावहार्रहरू, सामाजिक, आर्थिक, राजनैतिक, साँस्कृतिक, जस्ता विविध आयमहरुबाट वृहत्तर विषयहरू एकमुष्ट जान्नका लागि अनि इतिहास, वर्तमान र भविष्यका बारेमा समग्र मानब जाति बारे बुझ्नका लागि मानवशास्त्र अचुक साध्य भएको छ । मानवशास्त्रका सिद्धान्तहरूः क्रमविकासको सिद्धान्त, विस्तारवादको सिद्धान्त, फङ्सनालिजम्, माक्र्सवादी सिद्धान्त, कल्चरल इकोलोजी, सिम्बोलिक इन्टरप्रिटेटिभ, पोष्ट मोर्डनिजम् अथवा डिकन्स्ट्रसनिजम् तथा फेमिनिष्ट एन्थ्रोपोलोजी आदि जस्ता सिद्धान्तहरू छन् ।
मानवशास्त्रले सामाजिक अनुसन्धानको विधीशास्त्र अनुसार तीनवटा उपागमनहरूहरुलाई आधार मानेर अनुसन्धान गर्ने गरेको पाइन्छ । ति तीनवटा उपागमनहरू ः प्रतक्ष्यवादी सामाजिक विज्ञान (पोजिटिभिष्टिक सोसियल साइन्स), विवेचनात्मक समाजिक विज्ञान (इन्टरप्रिटेटिभ सोसियल साइन्स) र आलोचनात्मक सामाजिक विज्ञान (क्रिटिकल सोसियल साइन्स) हुन् ।
सिद्दन्त विकासका आगमनात्मक प्रक्रियालाई बढी आत्मासाथ गर्ने मानशास्त्रले इन्थोग्राफी र फिल्डवर्कलाई आफ्नो मूलमन्त्रको रुपमा लिने गरेको पाइन्छ । गुणात्मक अनुसन्धान (क्वालिटेटिभ रिर्सच) मा जोड दिने मानवशास्त्रीय अनुसन्धानका लागि अन्वेषणात्मक, विवरणात्मक, ब्याख्यात्मक, परीक्षणात्मक, प्रतिखण्डात्मक वा अन्तरखण्डात्मक, ऐतिहासिक, दीर्घकालिन तथा तुलनात्मक आदि अनुसन्धान ढाँचाहरूको अवलम्बन गरिन्छ ।
फिल्डवर्कलाई गुरुमन्त्र मान्ने मानवशास्त्रीय अनुसन्धनमा प्राथमिक सूचनालाई पहिलो ग्राह्यता दिने गरिन्छ । अवलोकन, मुख्यसूचना दाता, वंशावाली, वैयक्तिक अध्यायन तथा अभिलेखहरू, आदिबाट प्राप्त सूचनाहरूको विश्विसनियता र बैद्यानिक्ता मापन गरि प्रयोग गर्ने गरिन्छ ।
नेपालमा मानवशास्त्रको विकासक्रमको इतिहासलाई संक्षिप्तमा हेर्दा नेपाली मानवशास्त्रको फाउण्डीङ्ग फादरका रुपमा डोर बहादुर विष्टलाई लिइन्छ । त्रिभुभन विश्वविद्यालयमा सन् १९८१ देखि एम. ए. तहमा मानवशास्त्रको अध्यापन कार्य शुरु भएको पाइन्छ । सन् २०१६ सम्म समाजशास्त्र÷मानवशास्त्र एउटै विभाग अन्र्तगत रहेर पठनपाठन गर्ने गरेको पाइन्छ । यसरी एउटै विभाग अन्र्तगत पठनपाठन भए पनि स्पेसलाइजेसनको विषयहरू तथा प्रमाणपत्र भने अलग–अलग नै हुन्थ्यो । सन् १९८४ तिर देखि वि.ए. तहमा पनि मानवशास्त्रको पठनपाठन शुरु भएको पाइन्छ । हाल कक्षा ११ र १२ तिर पनि मानवशास्त्र विषयको पठनपाठन हुने गरेको पाइन्छ ।
मानवशास्त्रको पिएच. डी. प्रोग्राम भने त्रिभुभन विश्वविद्यालले एम. ए. तहमा मानवशास्त्रको पठनपाठन शुरु गरेदेखि नै सञ्चालन गरेको देखिन्छ । जस्का लागि एम.ए. मानवशास्त्रमा कम्तिमा ५० प्रतिशत वा सोभन्दा बढी प्राप्ताङ्क भएका विद्यार्थीले पिएच.डी. प्रोग्राममा दर्ता हुन पाउँछन् । सन् २०१६ मा प्रकासित डा. लय प्रसाद उप्रेतीको (उप्रेती तत्कालिन त्रि. वि. मानवशास्त्र विभागको प्रमुख पनि हुनुहुन्थ्यो) तथ्याङ्क अनुसार त्रि.वि.बाट सर्वप्रथम मानवशास्त्रमा पिएच. डी लिने डा. बेद प्रकाश उप्रेती हुन् । उप्रेतीकै अनुसार सन् २०१६ सम्ममा १७ जनाले त्रि.वि.बाट मानवशास्त्र विषयमा पिएच.डी.को उपाधी हासिल गरिसकेका छन् । सन् २०१६,१७ र १८ मा यस विषयमा पिएच.डी.को उपाधी उपाधी लिनेहरूको संख्या अलि बाक्लिएको पाइन्छ । त्यसैले हाल त्रि.वि.बाट मानवशास्त्र विषयमा पिएच.डी.को उपाधी हासिल गर्नेहरू संख्या करिव २५ को हाराहारीमा पुग्यो होला भनि अनुमान गर्न सकिन्छ ।
सन् २०१२ देखि त्रिभुभन विश्वविद्यालले मानवशास्त्र विषयमा एम.फिल. प्रोग्रामको शुरुवात गरेको पाइन्छ । त्रि.वि.को लेक्चर प्रणालीमा (शिक्षकले भन्नेर विद्यार्थीले सुन्ने) एम.ए. दीक्षित विद्यार्थीहरूलाई पिएच. डी. अलि भारी भएकोले एम.फिल.ले विद्यार्थीलाई एकेडेमिक कलचरमा व्यावहारिक वनाउनका लागि सहयोग गरेको छ । यसले गर्दा पिएच.डी. प्रोग्रामलाई सहज बनाउने विश्वास गरिएको छ । साथै शैक्षिक दिक्षान्तर पछि पनि विद्यार्थीलाई एकेडेमिक कर्ममा जुझारू बनाउने त्रिभुभन विश्वविद्यालको मानवशास्त्र विषयको एम.फिल. प्रोग्रामको उद्देश्य रहेको पाइन्छ ।