WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BSQnT7DgWpXBoYmCWCRKnckmZD2/ng/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 07:15:36', '', 'admlnlx', 'admlnlx')

कविता – खाली पत्र – Gaule Khabar

कविता – खाली पत्र

कविता – खाली पत्र

रमेश थामी, अर्जुन खालिङ स्मृतिग्रन्थ विमोचन कार्यक्रममा खाली पाना हेर्दै

रमेश थामी ‘छड्केसलाम‘
कालिञ्चोक-२, दोलखा

हो त्यही स्मृतिग्रन्थ विमोचनकै दिन हो
स्तब्ध थिए सारा मानिसहरु
कोही बोल्दै थिए, कोही घोरिँदै
कोही भित्र आउँदै, कोही बाहिर जाँदै
कोही भकानिदै, कोही नतमस्तक सोच्दै

सुटुक्क आफ्नो कदम बढाई
चर्मचक्षु लगाई त्यो कुनाको
फटाफट खालि कुर्सीमा पुग्दा
थियो एउटा पाना पल्टिरहेको
कतिले कुल्चे, बसे, थाहा छैन
के थियो भनी त्यो चाहा छैन

खै कसरी भनूँ संयोग वश
म महोदयको हात पर्यो त्यो पाना
हेर्दा त एकदमै खालि थिए
दृष्टिउपर गरी नियाली हेर्दा
सबैले देखिने खालि पानामा
महाभारत सल्बलाइरहेथ्यो
अर्जुन खालिङका सपनाहरु छटपटाइरहेथे

सरर दृष्टिउपर गर्दै जाँदा
त्यो त महा रहस्यको जड पो रहेछ
खालि पाना पढ्दै गएँ म
कोरिएका थिए अर्जुनका सपनाहरु…

जुभिङको कन्दराबाट कदम चालेर
सगरमाथाको चुचुरो चुम्न भनी
काठमाण्डौँमा ओर्लेका अर्जुन खालिङ
आफ्नो दिमाखलाई तिक्ष्णतामा तिखार्दै
रङ्गका गोलिले वाण हान्नका लागि
सिँह दरबारमा शिकार चिहाइरहेका उनी
खै कसरी आफैतिर फक्र्यो वाण
शिकारी माथि नै बूई चढी
शिकार आफै माथि उक्लेपछि
उनी अवाक्क भई हेर्नको विकल्प रहेन

आफ्नो समुदायलाई माथि उठाउँछु भनी
च्यातिएको इतिहाँस फेरि जोड्छु भनी
राजनीतिको झण्डा बोकेर हिँडेका उनी
कोटेश्वरको गल्लि गल्लि हुँदै
बानेश्वरको बिशाल चोकसम्म पुग्दा
हाड मासीमा दम नभएर हो कि
भोको पेट खोक्रो बनेर हो
झण्डाको बोझले पो लादिएर हो कि
या कसैको गिद्वे नझर लागेर हो
त्यहीँ विश्राम लिनुको विकल्प रहेन

असभ्यको संज्ञा पाएको म
देखाउँछु मेरो कला भनी
चखाउँछु गोयाङको सुगन्ध भनी
सोलुदेखि काठमाण्डौँसम्म
काठमाण्डौँदेखि सोलु हुँदै
टुँडिखेलमा परेड खेल्न उत्रेका उनी
कहीँ प्रहार गर्दै थिए शब्दका वाणले
कहीँ कपि भर्दै थिए कलमको आँडले
तर विडम्बना मसि त्यहीँ सकिएछ
आफ्नो कपि बन्द गर्नुको विकल्प रहेन

देशलाई मायाँ गर्ने भूमिपुत्र हुँ भन्दै
माटाका रङ्गहरु बनाएर रङ्गि(बिरङ्गि
कपीका पाना पोत्दै हिडेका उनी
खोलाको पानी कलममा छिराई,
कविताको फोहोरा ओकल्ने उनी
ती नै गाउँका, निमुखा राज्यले नचिनेका
भूमिपुत्र मूलवासीहरुका मुखपात्र बनेर
गर्जँदै राज्यलाई चुनौति दिने उनी
खै कसको नझर लाग्यो बरै
आफ्नो मुख बन्द गर्नुको विकल्प रहेन

त्यसैले त उनी भनिरहेका छन‘
रङ्गको घैलाभित्र रङ्गसँगै घोलिएँ
खालि पानामा कवितासँगै पोखिएँ
निमुखाको मुखपात्र बनेर माइकमा कुर्लिएँ
अधिकारको अभियान्ता बनी राजनीतिमा उर्लिएँ
उर्लिएँ, कुर्लिएँ, घोलिएँ, पोखिएँ‘ सके जत्ति गरेँ
अब यो एउटा खालि पाना छोड्दैछु
गर तिमी नयाँ अध्ययको सुरुवात
चाहे तिमी कविता भर
या त तिमी रङ्गले पोत
चाहे तिमी भाषणले सजाऊ
या त आफ्नो कलाले रङ्गाऊ
आँखैसामू भएर नि चिन्न नसकिने
ती अदृष्य शक्तिलाई तिमी देखाऊ
जसले हामीमाझ रङ्ग घोलिरहेछ
हिटलरको ग्याँस च्याम्बर बनेर

त्यसको लागि चढ बूई ममाथि तिमी
जहाँबाट चोमोलोङ्मा चुम्न सक्छौ
सिँह दरबार नियाल्न सक्छौ
विश्वलाई चुनौति दिन सक्छौ

अलस्यो ।

कवि त्रिभुवन विश्वविद्यालय, कीर्तीपुरमा स्नातकाेत्तर गर्दै छन् ।

रमेश थामी ‘छड्केसलाम‘लाई फेसबुकमा भेट्न यहाँ क्लिक गर्नुहोस्

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका