Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बंगाली हिरोइन बितास्ता साह पंखामा झुन्डिए भेटिइन् – Gaule Khabar

बंगाली हिरोइन बितास्ता साह पंखामा झुन्डिए भेटिइन्

बंगाली हिरोइन बितास्ता साह पंखामा झुन्डिए भेटिइन्

भारत ,माघ २७ –

बंगाली फिल्म अभिनेत्री बितास्ता साह मंगलबार मृत फेला परेकी छिन् । कोलकत्तास्थित करबा इलाकाको फ्ल्याटमा एक्लै बस्दै आएकी २८ वर्षीया बितास्ताको शव पंखामा झुन्डिएको थियो । दुई दिनदेखि फोन नउठाएपछि बितास्ताकी आमा उनको फ्ल्याटमा पुगेकी थिइन् ।
धेरै बेरसम्म ढोका ढकढक्याउँदा पनि नखुलेपछि आमाले पुलिसलाई खबर गरेकी थिइन् । पुलिसले ढोका खोलेर हेर्दा बितास्ता पंखामा झुन्डिरहेकी थिइन् । उनको हातको नसा पनि काटिएको थियो । झट्ट हेर्दा आत्महत्या देखिए पनि उनको शरीरमा चोट देखिएकाले शंका गर्ने ठाउँ रहेको भारतीय अनलाइनले उल्लेख गरेका छन् ।

पछिल्लो केही समययता बितास्ता डिप्रेसनमा रहेको बताइन्छ । उनले गत ९ डिसेम्बरमा आफ्नो फेसबुकमा ‘मर जाना अच्छा होता’ भनेर पोस्ट गरेकी थिइन् । त्यसपछि पनि उनले निराशावादी भावयुक्त स्टाटस पोस्ट गर्ने गरेकी थिइन् ।नयाँ पत्रिकामा खबर छ ।

डिप्रेसनका कारण उनले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । पुलिसले उनको फोन कल डिटेल परीक्षण गरी सत्यतथ्य पत्ता लगाउने जनाएको छ । बितास्ता अभिनीत फिल्म ‘बन्छ इलो फिरे’ गत अक्टोबरमा रिलिज भएको थियो । तीन वर्षअघिदेखि फिल्म अभिनयमा रहेकी बितास्ताले अहिलेसम्म जम्मा तीन फिल्ममा अभिनय गरेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका