Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
टेरियाले भनिन् – नेपालआउन मलाइ कसैले रोक्दैन, हल्लाको पछि नलाग्नुस – Gaule Khabar

टेरियाले भनिन् – नेपालआउन मलाइ कसैले रोक्दैन, हल्लाको पछि नलाग्नुस

टेरियाले भनिन् – नेपालआउन मलाइ कसैले रोक्दैन, हल्लाको पछि नलाग्नुस

बुटवल,माघ २६-

टेरिया मगर फाउन्डेशन रुपन्देहीले बुटवलमा सम्मान तथा धन्यवाद कार्यक्रम सम्पन्न गरेको छ । भारतीय टिभी च्यानल कर्लसबाट प्रसारित झलक दिखलाजाको उपाधी जित्न सफल टेरिया फौजामगरलाई बुटवलको बागेश्वरी संगीतालयमा आयोजना गरिएको कार्यक्रममा सम्मान गरिएको हो । बागेश्वरी संगीतालयका प्रिन्सीपल सुरेश सेन्चुरीले टेरियालाइ सम्मान पत्रद्धारा सम्मान गरेका हुन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको प्रमुख आथित्यता र फाउण्डेशनका अध्यक्ष कृष्णबहादुर फौजामगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै टेरिया फौजामगरले आफुलाइ जिताउन सहयोग गर्ने शुभचिन्तक र पत्रकारहरुलाइ धन्यवाद प्रकट गरेकी थिइन ।

उनले संचारकर्मि माझ बोल्दै भनिन् ‘मलाइ जिताउन सहयाेग गर्नु हुने सवैलाइ धन्यवाद । तपाइहरुकै साथ र हौसलाले मिहेनत गरिरहेकी छु ।’ भविश्यमा के बन्ने योजना छ त भनेर गरिएको प्रश्नको जवाफ दिदै उनले भनिन ‘अहिले मैले जे प्राप्त गरेको छु त्यो भन्दा धेरै मिहेनत गर्नु छ । म परिपक्क भए पछि फाउण्डेसनलाइ सम्माल्ने छु । फाउण्डेसन मार्फत मैले नेपालका बालवालिकालाइ सहयोग गर्ने छु । किनकी म नेपालकी छोरी हुँ । ’

उनले एक प्रशंगमा आफुलाइ नेपाल आउन रोक लगाइएको भन्ने समाचारहरु गलत भएको बताइन । ‘मलाइ नेपाल आउन कसैले रोक्न सक्दैन । तपाइहरु गलत समाचारको पछाडि नलाग्नुस ।’ टेरियाले भनिन् ।टेरियाले झलक दिखलाजाको उपाधीसंगै जितेको नगद पुरस्कारबाट १ लाख ६० हजार रुपैया फाउण्डेसनलाइ दिएको फाउण्डेशनका अध्यक्ष कृष्णबहादुर फौजामगरले बताए । टेरिया फाउण्डेसनले यस अघि भूकम्प प्रभावित वालवालिकालाइ सहयोग गरिसकेको छन् भने गरिव तथा अशाय वालवालिकालाइ छात्रवृति प्रदान गरेको छ ।

टेरिया सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले टेरियाले डिआईडी र झलक दिखलाजाको उपाधी जितेर नेपालको गरिमा बढाएको भन्दै फाउण्डेशको माध्यमबाट समाजसेवामा समेत लाग्नु प्रशंनिय कार्य रहेको बताएका थिए ।

रुपन्देहीका स्थानीय विकास अधिकारी युवराज सुवेदी, जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले टेरियालाइ अझ धेरै सफलता चुम्नकोलागि शुभकामना दिएका थिए ।कार्यक्रममा बागेश्वरी संगितालयका प्रिन्सिपल सुरेश सेन्चुरीले टेरियाको प्रतिभाबारे चर्चा गरेका थिए । कार्यक्रमलाई पत्रकार टोपराज शर्माले सञ्चालन गरेका थिए ।
yeriya
फोटो : सुमन श्रेष्ठ

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका