बालक बेपत्ता

बालक बेपत्ता

बैतडी, मंसिर २४ –

जिल्लाको पाटन नगरपालिकाका एक बालक दुई दिनदेखि बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा पाटन नगरपालिका– ९ वसन्तपुरका भानसिंह बोहराका १४ वर्षिय छोरा प्रकाशसिंह बोहरा रहेका छन् ।

स्थानीय बजार मुस्याचौर जान्छु भनि गत बिहीबार हिँडेको छोरा घर फर्केको छैन, बेपत्ता बालकका बुबा भानबहादुर बोहराले रासससँग भन्नुभयो “छिमेकी, नातागोता सबैतिर सोधपुछ गर्दा पनि भेटिएन ”

बेपत्ता छोराको खोजी गरिदिन प्रहरीसमक्ष अनुरोध गरेको पनि उहाँले बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ