Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भारतीय राजदूत रे लाई कैलालीमा कालोझण्डा,कार्यक्रम विथोल्ने प्रयास – Gaule Khabar

भारतीय राजदूत रे लाई कैलालीमा कालोझण्डा,कार्यक्रम विथोल्ने प्रयास

भारतीय राजदूत रे लाई कैलालीमा कालोझण्डा,कार्यक्रम विथोल्ने प्रयास

धनगढी,माघ  ६- 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारतीय राजदूत रञ्जीत रेलाई कैलालीमा कालोझण्डा देखाएको छ ।हुलाकी राजमार्गको उद्घाटन गर्न धनगढी आएका राजदूत रेमाथि एमाले नेता कार्यकर्ताले ‘भारतीय विस्तारवाद मुर्दावाद, आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर’ जस्ता नारा लगाउँदै कालो झण्डासहित कार्यक्रम विथोल्ने प्रयास गरेका हुन् ।

कालोझण्डा देखाएर कार्यक्रम विथोल्न खोजेपछि सुरक्षामा खटिएको प्रहरीले एमाले जिल्ला सदस्य दिर्घ जोशीसहित ६ जनालाई पक्राउ गरेको छ ।विपक्षी दलको चर्को विरोधका बाबजुद पनि भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रेले संयुक्त रुपमा राजमार्गको उद्घाटन गरे ।

विपक्षी दलहरुको नाराबाजी, कालोझण्डा प्रदर्शन र चर्को विरोधका बाबजुद पनि राजमार्ग उद्घाटन गरेको विरोधमा एमाले कार्यकर्ताले विरोध गरेका हुन् । कैलाली जिल्लामा रहेको ६२ किलोमिटर हुलाकी राजमार्गमध्ये वसन्त वन क्षेत्रको १८ किलोमिटर सडक निर्माण हुन अझै बाँकी छ ।

त्यस्तै, राजमार्गअन्तर्गतका ६ वटा पुल समेत निर्माण भएका छैनन् । मन्त्री लेखकले बाँकी १८ किलोमिटरको टेण्डर भइसकेको र वसन्ता जैविक मार्गका विषयमा पनि मिलाउने कुरा भइरहेको जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका