Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भरतपुर अस्पतालमा नवनियुक्त अध्यक्ष राजभण्डारीको स्वागत – Gaule Khabar

भरतपुर अस्पतालमा नवनियुक्त अध्यक्ष राजभण्डारीको स्वागत

भरतपुर अस्पतालमा नवनियुक्त अध्यक्ष राजभण्डारीको स्वागत

चितवन,माघ ५-

भरतपुर अस्पतालका नवनियुक्त अध्यक्ष राजकुमार राजभण्डारीलाई अस्पतालमा आज एक कार्यक्रम गरी स्वागत गरिएको छ । भरतपुर अस्पताल र अस्पताल बिकास समिति कर्मचारी यूनियनको संयुक्त आयोजनामा गरिएको स्वागत कार्यक्रममा अस्पतालका बिभिन्न विभागका कर्मचारी तथा चिकित्सकहरुले अध्यक्ष भण्डारीलाई फूलमाला र खाँदा ओढाएर सम्मान गरेका थिए ।

अस्पताल बिकास समिति कर्मचारी युनियनका अध्यक्ष डा उन्नत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नवनियुक्त अध्यक्ष राजकुमार राजभण्डारीले अस्पतालमा सरोकारवाला सबै पक्षसँग आवश्यक परामर्श र सरसल्लाहबाट प्रभावकारी योजना बनाएर बिकासमा लाग्ने प्रतिवद्धता जाहेर गर्नुभयो । उहाँले आफु बोलेर भन्दा कामबाट नै क्षमता देखाउन रूचाउने ब्यक्ति भएको भन्दै अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन भरतपुर अस्पतालमा शैक्षिक कार्यक्रम थप गरी मेडिकल कलेजको अवधारणामा जाने बताउनुभयो ।अध्यक्ष राजभण्डारीले पूर्वाधार विना बिरामीको उपचार गर्न कठिन हुने भन्दै भौतिक उपकरणहरूको व्यवस्थाका लागी समेत ठोस काम अघि बढाउने जानकारी दिनुभयो ।

सो कार्यक्रममा बोल्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रुद्रप्रसाद मरासिनीले भरतपुर अस्पताल अहिले अवसर र चुनौतीको दोसाधमा उभिएको भन्दै काम गर्न नसके अस्पताल नै धरासयी हुने बताउनुभयो । प्रमुख मेसु मरासिनीले अस्पतालले छिट्टै ओपिडी सेवा बिस्तार गरी दिउँसो ४ बजेसम्म पु¥याउन लागेको भन्दै त्यसका लागी सहयोग गर्न र तयार रहन सबैसँग अनुरोध गर्नुभयो । कर्मचारीहरूको उचित व्यवस्थापन अस्पतालमा प्रमुख चुनौतीका रुपमा रहेको डा मरासिनीको भनाई छ ।

कार्यक्रममा भरतपुर अस्पतालका निवर्तमान अध्यक्ष विजय सुवेदी, अस्पतालका निमित्त मेट्रोन मिरा अधिकारी, डा दामोदर तिवारी, अस्पताल विकास समिति कर्मचारी युनियनका सचिव बिष्णुप्रसाद वाँस्तोला लगायतले बोल्नुभएको थियो । गत पौष २५ गते स्वास्थ्यमन्त्री गगन थापाको मन्त्रीस्तरीय निर्णयका आधारमा भरतपुर अस्पतालको अध्यक्षमा चितवनका युवा राजनीतिज्ञ राजकुमार राजभण्डारी नियुक्त हुनुभएको थियो । 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका