Gaule Khabar
आइतवार, साउन २२, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

डाइभर्सन तयार गरी यातायात सञ्चालन

  • admin
  • सोमवार, मंसिर २७, २०७३
डाइभर्सन तयार गरी यातायात सञ्चालन

नवलपरासी, मंसिर २७–

नवलपरासीमा आइतबार एकाबिहानै बौलाहा खोलाको पुलमा क्षति पुगेका कारण अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्ग आइतबार साँझदेखि सञ्चालनमा आएको छ ।

ना ६ ख ३०१७ नम्बरको ट्रकले पुलको पूर्वपट्टिको भागमा ठक्कर दिँदा बायाँपट्टिको भाग एक फिट तल लच्केकोले पुल माथिबाट सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । यद्यपि अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्गमा डाइभर्सन तयार गरी यातायात सञ्चालन गरिएको हो ।
सो पुल भाँचिदा पूर्व पश्चिम राजमार्गमा आइतबार दिनभर यातायात सञ्चालनमा अवरोध हुँदै आएको थियो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ