Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रासायनिक मल आपूर्तिमा ढिलाइ, ३ महिना मलको संकट हुने – Gaule Khabar

रासायनिक मल आपूर्तिमा ढिलाइ, ३ महिना मलको संकट हुने

रासायनिक मल आपूर्तिमा ढिलाइ, ३ महिना मलको संकट हुने

काठमाडौं,पुस १३ –

विभिन्न समस्याले गर्दा मागअनुसार मल आपूर्ति हुन नसक्दा मलको अभाव हुने देखिएको छ ।
मागअनुसार आपूर्ति नहुँदा आउँदो ३ महिना देशभर मलको अभाव हुने सम्भावना रहेको कृषि विकास मन्त्रालयले बताएको छ । संसदको कृषि तथा जलस्रोत समिति बैठकमा कृषिसचिव डा। सुरोज पोखरेलले विभिन्न समस्याका कारण मागअनुसार मलको आपूर्ति बढाउन नसकेको स्वीकार्दै २९ हजार ३०४ टन मल अपुग हुने बताए । फागुनदेखि थप मल आपूर्ति हुने पनि उनले जानकारी दिए ।
उनले नेपालमा वार्षिक ७ लाख टन मलको माग हुने गरेकोमा करिव ५ लाख टनको हाराहारीमा मात्र आपूर्ति भएकाले मलको अभाव हुने देखिएको सचिव जानकारी दिए ।
सरकारले युरिया मल ३ लाख २० हजार, डीएपी १ लाख ६७ हजार ५ सय र पोटास १२ हजार ५ सय टन मात्र आपूर्ति गर्दै आएको छ । असारदेखि असोजसम्म वर्षादमा २ लाख ५ हजार, कात्तिकदेखि माघसम्म हिउँदे बालीका लागि १ लाख ४५ हजार र फागुनदेखि जेठसम्म वसन्ते बालीका लागि १ लाख ५० हजार टन मात्र रासायनिक मल आपूर्ति हुने गरेको सचिव पोखरेलले जानकारी दिए ।
वजेटको अभाव, वन्दरगाहको समस्या, विकल्पमार्ग नभएको, आयात विन्दुमा भण्डारणको समस्या, ग्लोबल टेण्डरबाट आयात हुने रासायनिक मल कोलकताबाट समयमा आपूर्ति हुन नसकेको र बिक्री डिपोसँग पर्याप्त गोदामको व्यवस्था नहुँदा मौज्दात बढाउन नसकेको उनले जानकारी दिए ।
सो अवसरमा मन्त्रालयका सहसचिव लेखनाथ आचार्यले गत वर्ष सिमानाका बन्द हुँदा रासायनिक मल आपूर्तिकर्ताले ४५ करोड रुपैयाँ विलम्ब शुल्क तिरेकाले सोको क्षतिपूर्ति दिनुपर्ने बताए । क्षतिपूर्ति भूक्तानी नभएसम्म कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले थप मल आपूर्ति गर्न नसक्ने उनले स्पष्ट पारे ।
यस्तै पर्याप्त वजेटको व्यवस्था नहुदा पनि मल आपूर्तिमा समस्या हुने गरेको उनको भनाई छ । आचार्यका अनुसार चालु आवमा मल आपूर्तिका लागि डेढ अर्ब रुपैयाँ बजेट अभाव भएको छ । सरकारले चालु आवमा २ लाख ७४ हजार टन रासायनिक मलका लागि मात्र ४ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ वजेट विनियोजन भएको उनले सुनाए ।
डीएपी मल १ हप्ताभित्र नेपाल भित्रिने भएकाले आपूर्ति र बिक्री वितरणमा समस्या नहुने उनको भनाई छ । पोटास पर्याप्त मौज्दात भएका कारण वसन्ते बालीलाई उपलब्ध हुने छ ।
मन्त्रालयका अनुसार साल्ट ट्रेडिङको ६० हजार टन रासायनिक मल आपूर्तिको बोलपत्र स्वीकृति भइसकेकाले पहिलो खेप फागुनको पहिलो सातादेखि नेपाल भित्रिन सुरु हुनेछ । यस्तै ३० हजार टन मल एक साताभित्र नेपाल भित्रने आचार्यले जानकारी दिए ।
यस्तै कृषि सामाग्री कम्पनीले ३० हजार टन मल आयातका लागि सूचना प्रकाशित गरेको, ३० हजार टन आपूर्तिका लागि बोलपत्र स्वीकृत भई आपूर्तिकर्ताले खरिद गर्न नसक्दा उसको विडवण्ड जफत भएको छ । २० हजार टन मल जहाजमा रहेको, २० हजार टन खरिदका लागि ग्लोबल टेण्डर भएको र ७ हजार ५ सय टनका लागि सूचना प्रकाशित भएको मन्त्रालयले जनाएको छ ।
रासायनिक मलको मूल्य घट्यो
जनतालाई सहुलियत दिन र चोरीपैठारी रोक्न सरकारले रासायनिक मलको मूल्य घटाएको छ । मन्त्रालयका सहसचिव आचार्यले युरियाको मूल्य ४ रुपैयाँ घटाएर प्रतिकिलो १४ रुपैयाँ, डीएपीको मूल्य २ रुपैयाँ घटाएर ३४ रुपैयाँ कायम गरिएको जानकारी दिए । यस्तै पोटासको मूल्य प्रतिकिलो साढे ३१ रुपैयाँ रहेको उनले जानकारी दिए । मलको मूल्य घटेपछि सीमा नाकामा चोरी पैठारी बन्द भई तराईमा नेपालले आयात गरेको मलले पुग्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका