Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मुलुकको राजनैतिक अवस्था प्रति नेबिसँघ भारतको चिन्ता – Gaule Khabar

मुलुकको राजनैतिक अवस्था प्रति नेबिसँघ भारतको चिन्ता

मुलुकको राजनैतिक अवस्था प्रति नेबिसँघ भारतको चिन्ता

भारत, पुस ११–

नेपालमा भईरहेको समसामयिक राजनीतिक अवस्था प्रति भारतमा रहेका नेपाली विद्यार्थीहरुको संगठन नेबिसंघ भारतले चिन्ता ब्यक्त गरेको छ ।
नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर भारत भ्रमणमा रहनु भएको अवसर पारेर दिल्लीमा रहेको भारतीय दुतावासमा नेबिसंघ भारतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विद्यार्थी संगठनले मुलुकको राजनीतिक अवस्थाले संबिधान कार्यन्वयनमा बाधा पुराउन सक्नेमा चिन्ता ब्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी रहनुभएका महरले मुलुकलाई सकरात्मक निकाश र समृद्धमा अगाडी बढाउन विद्यार्थीको भुमीका महत्वपूर्ण हुने भएकाले भारतमा पढ्न बसेका विद्यार्थी हरुलाई मुलुक प्रती गम्भीर भएर अगाडी बढ्न निर्देशन दिनुभयो । यस्तै भारतका लागी नेपाली राजदुत दिपकुमार उपाध्यायले भारतमा रहेका सम्पूर्ण नेपाली विद्यार्थी समस्या रहित भएर अगाडी बढाउन आफु निरन्तर लाग्ने बताउनु भयो । कार्यक्रम नेबिसंघ भारतकी अध्यक्ष मनिषा अर्यालको अध्यक्षतामा भएको थियो ।

nebisang-bharat-1

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका