Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
क्यालिफोर्नियामा कारको ठक्करबाट नेपाली महिलाको मृत्यु – Gaule Khabar

क्यालिफोर्नियामा कारको ठक्करबाट नेपाली महिलाको मृत्यु

क्यालिफोर्नियामा कारको ठक्करबाट नेपाली महिलाको मृत्यु

काठमाडौं, पुस ५-

वाशिंगटन डीसी । अमेरिकाको क्यालिफोर्नियामा भएको कार दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ ।

क्यालिफोर्नियाको सान् डियागोमा गत शनिबार राति पौने १२ बजे कारले ठक्कर दिँदा ३८ बर्षीय नेपाली महिला सरिता शाक्यको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले पुष्टि गरेका छन् ।

फाक्स न्यूज सान् डियगो डट कमका अनुसार स्वस्थ्य परिचारिका शाक्यकी ४ बषर्ीय छोरी छन् । उनी दिउँसोमा छोरीलाई समय दिएर रातिमा काम गर्दै आएकी थिइन् ।

मादक पदार्थ सेवन गरेर चालकले गलत मार्गमा कार कुदाउँदा शाक्यले चलाएको टोयोटा कोरोल्ला गाडीलाई ठक्कर दिएको थियो । शाक्यको घटनास्थलमै मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरेकी ३४ बषर्ीय महिलाले चलाएको कारले शाक्यलाई ४ एस र्‍याञ्च क्षेत्रको बाटोमा ठक्कर दिएको थियो । ठक्कर दिने कार चालक महिलाको गम्भीर घाइते अवस्थामा उपचार भइरहेको जनाइएको छ । प्रहरीले उनको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन ।

दुईवटा सवारी साधन १६२५० क्यामिनो डेल नोर्टेको पश्चिम तर्फको बाटोको पूर्व क्यामिनो सान वार्नाडिर्ानोमा ठोकिएको थियो भने मृतक शाक्यले चलाइरहेको गाडीमा आगो लागेको थियो ।

क्यालिफोर्निया राजमार्ग गस्ती प्रहरी अधिकारी स्टिभन रोबिन्सनले मादक पदार्थ सेवन गरी गाडी दुर्घटना गराउने ३४ बर्षकी महिलालाई इंगित गर्दै उनको मृत्यु नभएकोले अब कारगार जाने समय हो भनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका