Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रौतहटका आगलागी, घर–चौपायासहित ७ लाखको क्षति – Gaule Khabar

रौतहटका आगलागी, घर–चौपायासहित ७ लाखको क्षति

रौतहटका आगलागी, घर–चौपायासहित ७ लाखको क्षति

रौतहट,पुस ४–

रौतहटको छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा लाखौंको धनमाल जलेर खरानी भएको छ। स्थानीय भेडियाही र बरियारपुर गाविसमा आइतबार राति भएको आगलागिमा आठ चौपायासहित करिब ७ लाख मूल्य बरावरको धनमाल जलेर क्षतिग्रस्त बनेको छ।

जाडो छल्नको लागि बालेको घुरबाट सल्किएको आगोले भेडियाही गाविस ४ का लालबाबु राय र कमल रायको काठको घर पूर्ण रुपमा जलेर खरानी भएको छ।

आइतबार राति करिब ११ बजे स्थानीयहरु सुतिरहेको अवस्थामा लालबाबुको घरमा बालेको घुरबाट सल्किएको आगोले छिमेकी कमलसमेतको घरमा फैलिएको आगोले दुबै जानाको घरमा बाँधेको दुइवटा भैंसी र छ बाखा्र, अन्नपात, नगदसमेत जलेर खरानी हुँदा पाँच लाख मूल्य बरमबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक अशोक झाले बताए। आगलागी सुरु भएको करिब १ घण्टामा गौर नगरपालिकाको बारुण यन्त्र स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगोपूर्ण रुपमा नियन्त्रणमा लिएको उनले बताए।

यस्तै बरियारपुर गाविसका महेन्द्र पण्डित, देवत पण्डित, चैतु साह, हिरा पण्डित, पवन पण्डित र दिनेश पण्डितको परालको कुन्युमा आगलागी हुँदा दुईलाख मुल्य बरावरको क्षति भएको छ। प्र्रहरी चौकी बरियारपुरका प्रहरी सहायक निरीक्षक गोबिन्द यादवका अनुसार गाउँदेखि उत्तर रहेको सवैजनाको परालको कुन्युमा अपरिचित व्यक्तिले आगो लगाएर भगेको उनको अनुमान छ। आगलागि वारे गहन रुपमा प्रहरीले अनुसन्धान गरिरहेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका