Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सकियो भरतपुर महोत्सव – Gaule Khabar

सकियो भरतपुर महोत्सव

सकियो भरतपुर महोत्सव

चितवन, पुस ४–

हरेक २/२ वर्षमा आयोजना हुने भरतपुर महोत्सवको आईतबार एक कार्यक्रमका बीच समापन भएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले महोत्सवको समापन गर्नुभएको हो । महोत्सवको समापन गर्दै प्रमुख जिल्ला अधिकारी भट्टले यस्तो मेला महोत्सवले जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको भरतपुर महोत्सवका संयोजक तथा युवा समाज भरतपुरका अध्यक्ष असिम भट्टराईले बताउनुभयो । सो कार्यक्रममा महोत्सव सफल बनाउन सहयोग गर्ने सहयोगीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । मंसिर २२ गतेबाट शुरु भएको महोत्सव शनिबार पुस २ गते सकिने भनिएता पनि दर्शकहरुको मागका कारण महोत्सवको समय आईतबार पुस ३ गते १ दिनको लागि थपिएको प्रचार–प्रसार समिति संयोजक राजु भट्टले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका