Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रुपन्देही जिल्ला अध्यक्ष मारिएपछि युवा संघले बोलायो आकस्मिक बैठक – Gaule Khabar

रुपन्देही जिल्ला अध्यक्ष मारिएपछि युवा संघले बोलायो आकस्मिक बैठक

रुपन्देही जिल्ला अध्यक्ष मारिएपछि युवा संघले बोलायो आकस्मिक बैठक

काठमाडौं,पुस ४  –

अज्ञात समूहको गोली प्रहारबाट रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी मारिएपछि युवा संघ नेपालले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ ।अध्यक्ष राजीव पहारीको अध्यक्षतामा अहिले पाँच बजेपछि केन्द्रीय कार्यालय बुद्धनगरमा बस्ने बैठकमा शोक व्यक्त गर्दै अब कसरी जाने भन्ने बारे निर्णय हुनेछ ।

‘रुपन्देहीको घटनाले हामीलाई दुःखी बनाएको छ । यसैविषयमा निर्णय लिन स्थायी कमिटी बैठक बस्दै छ । बैठकमा हाम्रो पोजिशन निर्धारण गर्छाै,’ अध्यक्ष राजीव पहारीले भने ।

सोमबार दिउँसो रुपन्देहीको देवदह– ६ खैरेनी बजारमा अज्ञात समूहले प्रहार गरेको गोली लागेर गम्भीर घाइते भएका युवा संघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका