विद्युत चोरी गर्ने ३३ जना गस्तीको फेला परे, कारबाहीबाट साढे ३ लाख उठ्ने

विद्युत चोरी गर्ने ३३ जना गस्तीको फेला परे, कारबाहीबाट साढे ३ लाख उठ्ने

वीरगन्ज,पुस ४-

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको गस्ती टोलीले विद्युत चोरी गर्ने ३३ जनालाई पक्राउ गरेको छ।वितरण केन्द्र तथा सुरक्षा निकाय सम्मिलित कर्मचारी टोलीले वीरगन्ज–२५ मनियारी वडाको जगरनाथपुरबाट १० जना र वीरगन्ज–३० उदयपुरघुर्मी वडाको घुर्मी र कोहडी गाउँबाट २३ जना जम्मा ३३ जनालाई पक्राउ गरेको हो।

बिहान साढे २ बजे देखि सुरु गरिएको गस्तीले उनीहरुलाई पक्राउ गरेको वीरगन्ज वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिए।

जिल्ला प्रहरी कर्याललय पर्सा, सीमा सुरक्षा कार्यालय र विद्युत कर्मचारीहरुको संयुक्त टोलीले पक्राउ गरेका ३३ जनाबाट करिब साढे ३ लाख राजश्व संकलन हुने उनले बताए। पछिल्लो समयमा प्राधिकरणको वितरण केन्द्र वीरगन्जले विद्युत चुहावट नियन्त्रण गर्न गस्ती टोली परिचालन गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ