Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एक किलो नुनको मूल्य रु १८० – Gaule Khabar

एक किलो नुनको मूल्य रु १८०

एक किलो नुनको मूल्य रु १८०

सोलुखुम्बु, पुस ४–

धेरैलाई विश्वास नलाग्न सक्छ, एक किलो नुनको रु १८० पर्छभन्दा। तर सोलुखुम्बुको खुम्जुङ–९ स्थित फोर्चे गाउँका बासिन्दाको बाध्यता हो उनीहरु एक किलो आयोडिनयुक्त नुनको रु १८० नै तिर्छन्। यस्तै उनीहरु प्रायः सामान्य किसिमको मन्सुली चामल प्रयोग गर्छन्, त्यसको मूल्य रु २४० देखि २५० सम्म पर्छ।
फोर्चेका आङ छिरिङ शेर्पा भन्छन्, हाम्रो बाध्यता नै हो, काठमाडौँभन्दा १० गुणा बढी मूल्य तिर्नुपर्छ। सदरमुकाम सल्लेरीसम्म ट्रकमा ल्याएको सामान त्यहाँबाट हेलिकोप्टरमा स्याङबोचे र त्यहाँबाट जोक्पेलाई बोकाएर फोर्चे पुर्याइन्छ। अथवा सल्लेरीबाट खच्चरले पनि स्याङबोचेसम्म पुर्याउँछन्। फोर्चेका अधिकांश घरपरिवार हिमाल आरोहणको आम्दानीबाट चलेका छन्।
आलु र फापर मात्र उत्पादन हुने सो गाउँका सबै घरका पुरुष हिमाल चढ्न जान्छन् वा पर्यटकको भारी बोकेर विभिन्न हिमालको आधार शिविरसम्म पुग्छन्। पाँचपटक सगरमाथाको सफल आरोहण गरिसक्नुभएका फोर्चेका पासाङनुरु शेर्पाका अनुसार प्राय सबै घरबाट भारी बोक्न हिमालतिर जान्छन्। सोलुखुम्बुको खुम्जुङ–९ फोर्चे गाउँलाई हिमालको काख भनेर चिनिन्छ।
यस गाउँमा ८५ परिवारको बसोबास छ। हेर्दा निकै सुन्दर देखिने यो गाउँभित्रको पीडा डरलाग्दो छ। आलु र फापर मात्र उत्पादन हुने यो गाउँमा पढेलेखेका कमै मात्र छन्। सक्ने हिमाल चढ्नेलाई सहयोग गर्दै शिखरसम्म पुग्छन् भने कोही पथप्रदर्शक भएर, कोही खाना पकाउने काम त कोही भारी बोक्ने काम लिएर हिमालको आधार शिविरसम्म पुग्ने गर्छन्। महँगीको मार खेपिरहेका उनीहरू वर्षमा एक पटक हिमाल चढेर पाएको करिब रु तीन लाखले परिवार चलाउन बाध्य छन्। हिमालको शिखर पुग्नेले त्यति कमाए पनि आधार शिविरबाट फर्कनेको कमाइ भने निकै कम हुन्छ। –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका