Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आईएमएसको एक्सक्लुसिभ शोरुमको उद्घाटन – Gaule Khabar

आईएमएसको एक्सक्लुसिभ शोरुमको उद्घाटन

आईएमएसको एक्सक्लुसिभ शोरुमको उद्घाटन

काठमाडौं, पुस ३–

मोबाइल सेग्मेन्टमा नेपालकै नं. १ कम्पनी आइएमएस ग्रुपले आइएमएस मोटर्स् मार्पmत कोरियाको प्रिमियमलक्जरी (एसयुभि) उत्पादन गर्ने कम्पनी साङयङका उत्कृष्ट गाडीहरुको विक्री वितरण प्रारम्भ गरे लगत्तै एक्सक्लुसिभ शोरुम उद्घाटन गरिएको छ । आज एक कार्यक्रमकाबीच आइएमएस मोटर्स् एक्स्क्लुजिभ शोरुम साङयङको भव्य उद्घाटन काठमाडौंको नक्सालमा(प्रहरी हेडक्वार्टर अगाडि) साङयङ शोरुममा गरेको छ ।

शोरुमको उद्घाटन भने नेपालकालागि रिपब्लिक अफ कोरियाका राजदूत तथा उक्त कार्यक्रमका प्रमुख अतिथि चो यंग–जिनले गरेका थिए भने आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, प्रेसिडेन्ट तथा सिइओ दिकेश मल्होत्राले उनको साथ दिएका थिए । सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । उक्त शोरुमको उद्घाटनको खुशीयालीसँगै आउँदो क्रिश्मस तथा नयाँ वर्ष २०१७ को उमँग मनाउन कम्पनीले आफ्ना ग्राहकहरुका लागि आइएमएस मोटर्स् मार्पmत साङयङका गाडीहरुका खरिदमा रु. ५ लाखसम्मको नगद छुटको व्यवस्था समेत गरेको छ । उक्त अफर १८ डिसेम्बर २०१६ देखि ६ जनवरी २०१७ सम्मलागू हुने कम्पनीले जनाएको छ ।

ims-2
आइएमएस मोटर्स्को शोरुम शहरको केन्द्रीय भाग नक्सालमा प्रशस्त पार्किङ्ग स्पेश सहित अवस्थित छ । सो स्टेट–अफ–आर्ट शोरुममा ग्राहकहरुलाई विशिष्ट सेवा पु¥याउन उन्नत तालीम प्राप्त स्टाफ तथा अन्य सेवाहरुको उपस्थिति रहेको छ । यसैगरी, आइएमएस मोटर्स्ले नेपालका मुख्य शहरहरुमा आफ्ना डिलरहरुको उपस्थिति बढाएर झनै विस्तारित हुने योजना बनाएको छ । साथै, निकट भविष्यमा कम्पनीले एक्स्क्लुजिभ साङयङ सर्भिस सेन्टरको सुरुवात गर्ने समेत निश्चय गरेको छ ।

साङयङ मोटर कम्पनीचौथो सबैभन्दा ठूलो दक्षिण–एशियाली अटोमोबाइल उत्पादक कम्पनीहो जसलाई कोरियाको एसयूभी एक्स्पर्ट भनेर पनि चिनिन्छ । कम्पनीले विभिन्न मोडलका लक्जरी कार, एसयूभी, पिक–अप ट्रक, भ्यान, ट्रक तथाबसहरु प्रस्तुत गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका