Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चित्रवनमा क्षमता अभिवृद्धि तालिम – Gaule Khabar

चित्रवनमा क्षमता अभिवृद्धि तालिम

चित्रवनमा क्षमता अभिवृद्धि तालिम

चितवन, पुस ३–
स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्थापन अनुगमन सम्वन्धि एक दिने क्षमता अभिवृद्धि तालिम पश्चिम चितवनको चित्रवन नगरपालिकामा आज (आईतबार) सम्पन्न भएको छ ।
महिला सघन विकाश केन्द्र खैरहनी ८ पर्सा चितवनको आयोजना र चित्रवन नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा बोल्दै नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अर्यालले स्थानीय निकायको काम पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउन लागी परेको बताउनुभयो । उहाँले उपभोक्ता समितिहरुको क्षमता बढाउन तथा विकास आयोजनाहरुलाई प्रभावकारी बनाउन विभिन्न क्षमता अभिवृद्धि तालिमहरु सञ्चालन गरेको जानकारी दिनुभयो । स्थानीय स्तरमा नागरीकले पाउने अधिकार र दायित्वको विषयका बारेमा सहभागीहरुलाई तालिम दिईएको थियो । नागरिकले आफूले पालना गर्नुुपर्ने जिम्मेवारीको सवाल,असल नागरिकको कर्तव्य वा जिम्मेवारी सम्बन्धि कार्यक्रमहरुको जनचेतना जगाउनुपर्ने व्यवस्था सरकारले गर्दै आएको छ ।

तालिममा नगरपालिकामा रहेका सामाजिक परिचालक, वडा नागरीक मञ्चका संयोजक,नागरीक सचेतना केन्द्रका संयोजक,प्रतिनिधिहरु तथा पत्रकार लगाएत गरी ४३ जनाको उपस्थिती रहेको थियो । तालिममा सहभागी वडा नागरीक मञ्चका संयोजक,सामाजिक परिचालक तथा नागरीक सचेतना केन्द्रका संयोजकहरुले आफूहरु अहिलेसम्म थुप्रै हक अधिकारबाट बञ्चित हुदै आएको र यस तालिमले अझ नयाँ पाठ सिकाउन मद्धत गरेको बताएका थिए । साथै स्थानीय निकायमा वडा नागरिक मञ्चलाई व्यवहारमा भूमिकाविहिन बनाउने काम हुदै आएको,नीतिमा भएपनि व्यवहारमा लागु हुन नसकेको प्रतिक्रिया दिएका थिए । महिला सघन विकास केन्द्रकी कार्यक्रम संयोजक चन्द्रकला चापागाईले कार्यक्रमको बारेमा सहजीकरण गरेकी थिईन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका