Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पुस ११ देखि ‘चितवन हात्ती महोत्सव’ हुने – Gaule Khabar

पुस ११ देखि ‘चितवन हात्ती महोत्सव’ हुने

पुस ११ देखि  ‘चितवन हात्ती महोत्सव’ हुने

चितवन,पुस १-

चितवनको सौराहामा पर्यटन प्रवद्र्धनको लक्ष्यसहित यही पुसमा ‘चितवन हात्ती महोत्सव’ हुने भएको छ ।नेपालमा पहिलोपटक जनावरका गतिविधि समेटेर गरिने महोत्सवमा यसपटक थप आकर्षणसहित जनावरमैत्री बनाइने कार्यक्रम संयोजक दीपक भट्टराईले जानकारी दिनुभयो ।

यही पुस ११ देखि १५ गतेसम्म हुने सो महोत्सवमा हात्तीपोलोसहित हात्तीका विभिन्न गतिविधि आयोजना हुने उहाँले बताउनुभयो ।हात्ती फास्टवाक कार्यक्रमलाई परिमार्जन गरेर जसले चाँडै हिँडेर खाना खान्छ सोही हात्तीलाई विजेता बनाइने भएको छ ।

महोत्सवमा यसपालि हात्ती वनभोज, हात्तीका छावाबीच फुटबल प्रतियोगिता, गाडा दौड, डुँगा दौड तथा विभिन्न साङ्गीतिक कार्यक्रम रहेको क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालले जानकारी दिनुभयो ।यस्तै हात्ती सुन्दरी प्रतियोगिता र हात्ती शृङ्गारका कार्यक्रमसमेत हात्ती महोत्सवका थप आकर्षण रहेका छन् ।

नयाँ वर्ष र क्रिसमसको अवसरमा पर्यटक आफ्नो देश फर्कने गरेकाले उनीहरुलाई चितवनमै राख्न हात्ती महोत्सव आयोजना गरिएको हो । हात्ती महोत्सवको तयारी तीव्र भइरहेको आयोजक क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो ।विसं २०६७ देखि स्थगित भएको हात्तीपोलो प्रतियोगितासमेत यसपालि आयोजना हुने हात्ती महोत्सवअन्तर्गत हात्तीपोलो उपसमितिका संयोजक शङ्कर सैँजुले जानकारी दिनुभयो ।

अहिले पोलो र फुटबलका लागि हात्तीलाई प्रशिक्षण दिने क्रम जारी छ । १२ वर्षअघि सौराहाको पर्यटन विकासका लागि पर्यटन व्यवसायीहरु हरिभक्त घिमिरे, गिरीधारी चौधरीलगायतको पहलमा अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिताका रुपमा आयोजना गरिएको कार्यक्रमले अहिले हात्ती महोत्सवको रुप लिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका