Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ग्राहकलाई झुक्काएर मरेको भैंसीको मासु बिक्रीगर्ने दुईजना पक्राउ – Gaule Khabar

ग्राहकलाई झुक्काएर मरेको भैंसीको मासु बिक्रीगर्ने दुईजना पक्राउ

ग्राहकलाई झुक्काएर मरेको भैंसीको मासु बिक्रीगर्ने दुईजना पक्राउ

तुलसीपुर,पुस १ –

दाङमा मरेको भैसीको मासु झुक्काएर बिक्री वितरण गर्दै आएका दुईजना व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही थालेको छ ।पक्राउ पर्नेमा लक्ष्मीपुर–६ बालिम बनखेतका घरभइ घोराही-११ नयाँ बजारमा मासु पसल गर्दै आएका ३४ बर्षीय किशोर बिश्वकर्मा र २६ बर्षीय कृष्ण बिश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।

मरेको भैंसीको मासुलाई श्वास्थ मासु भनि उपभोक्तालाई झुक्काएर विर्किवितरण गर्ने उदेश्यले रा १ ज ५१३ नम्बरको जिपमा राखि मासु बजारतर्फ लैजाँदै गरेको अवास्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।

धर्नादेखि घोराही बजारतर्फ लैजाने क्रममा गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका