Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संसद् अवरुद्ध गरी देशलाई अर्निणयको बन्दी बनाउनु हुदैन– मन्त्री महत – Gaule Khabar

संसद् अवरुद्ध गरी देशलाई अर्निणयको बन्दी बनाउनु हुदैन– मन्त्री महत

संसद् अवरुद्ध गरी देशलाई अर्निणयको बन्दी बनाउनु हुदैन– मन्त्री महत
पर्सा,पुस  १ –
परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले व्यवस्थापिका संसद्लाई अवरुद्ध गरी देशलाई अनिर्णयको बन्दी बनाउन नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्सा शाखाले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकलाई निकास दिन दलहरुबीच सबैभन्दा बढी संवाद र छलफलको अवश्यकत्ता रहेकैं बेला देशको दोस्रो ठूलो दल नेकपा (एमाले)ले संसद्लाई अवरुद्ध गरी मुलुकलाई अनिर्णयको घेरामा राख्नु राष्ट्रहितमा नभएको बताउनुभयो ।
मन्त्री महतले संसद्मा भएको अवरुद्धतालाई समाप्त पारी छलफल र संवादको मध्यमबाट निकास खोज्न एमाललेलाई आग्रह गर्दै दलहरुको अल्पकालीन राजनीतिक स्वार्थका कारण मुलुक अप्ठ्यारोमा पारेको छ भन्नुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री महतले मुलुकको दिगो आर्थिक विकासलाई ध्यानमा राखेर दलहरुले आ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावको विरोधलाई छाडेर संविधान कार्यान्वयनको उपयुक्त वातावरण बनाउनका लागि एमाले र मधेसवादी दल लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
संविधान कार्यान्वयनका लागि स्थानीयलगायत तिन तहकै निर्वाचन तोकिएकै समयसिमामा गराउन आवश्यक रहेको बताउँदै उहाँले पुरानै संरचनामा भए पनि सक्दो छिटो स्थानीय निकायको निर्वाचन गरी मुलुकलाई अगाडि बढाउनुको विकल्प छैन भन्नुभयो ।
मन्त्री महतले पुनःसरचना आयोगको मापदण्डले देशभरिनै विवाद जन्माएकाले पुरानै संरचनामा भएपनि स्थानीय तहको निर्वाचन सम्पन्न गरे संविधान कार्यान्वयनमा सहजता आउने बताउनुभयो ।
पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले भारतसँग भएको सम्झौता अनुसार गण्डकनहर निर्माण नभएकाले सम्झौता अनुसार निर्माण गर्न परराष्ट्रमन्त्रालयबाट पहल भएको बताउँदै उक्त नहरबाट ४० हजार क्युसेट पानी नेपाललाई दिने सहमति भए पनि अहिले २५ हजार क्युसेट पानी पु¥याउने संरचना मात्र निर्माण भएकाले सम्झौता अनुसार संरचना निर्माण गर्न मन्त्रिस्तरीय सहमति भएको जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका