Gaule Khabar
शुक्रबार, मंसिर २३, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

यु १९ एशिया कप क्रिकेटः भारतविरुद्ध नेपाल व्याटिङमा

  • admin
  • शुक्रबार, पुस १, २०७३
[sharethis-inline-buttons]
यु १९ एशिया कप क्रिकेटः भारतविरुद्ध नेपाल व्याटिङमा

काठमाडौं, पुस १–

श्रीलंकामा जारी १९ वर्षमुनीको एशिया कप क्रिकेटमा नेपालले दोस्रो खेलमा अहिले भारतसंग भिडिरहेको छ । टस जितेर नेपालले पहिलो व्याटिङ रोजेको छ । नेपालले ११ औं ओभरमा दुई विकेट गुमाएको छ । ओ

पनर सन्दिप सुनार ७ रन बनाउँदा राहुल चचरको बलमा एलबी डब्लुको सिकार बने । लगत्तै आएका अदिल खान खाता नै नखोली उनकै बलमा बोल्ड भए । यस्तै नेपालले १३ औं ओभरमा ओपनर अशिफ शेखलाई गुमाएको छ । उनी पनि राहुलकै बलमा १८ रन बनाएर क्याचआउट भए । १५ औं ओभरमा नेपालले अर्का व्याट्सम्यान भुवन सार्कीलाई गुमाएको छ । उनले पनि खाता खोल्न सकेनन् । नेपालले १५ ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा ४२ रन बनाएर खेलिरहेको छ ।
प्रतियोगितामा नेपालले पहिलो खेलमा हिजो श्रीलंकासंग एक रनले पराजित भएको थियो ।

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ