Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अमेरिकाले बढायो ब्याजदर, सुनको भाउ अझै घट्ने, रुपैयाँ अझ कमजोर – Gaule Khabar

अमेरिकाले बढायो ब्याजदर, सुनको भाउ अझै घट्ने, रुपैयाँ अझ कमजोर

अमेरिकाले बढायो ब्याजदर, सुनको भाउ अझै घट्ने, रुपैयाँ अझ कमजोर

काठमाडौं,पुस १-

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्बले एक वर्षको अन्तरमा दोश्रोपटक ब्याजदरमा वृद्धि गरेको छ । बुधबार केन्द्रीय बैंकले ब्याजदरको आधारलाई ०.२५ प्रतिशतले बढाएको हो । अब अमेरिकामा ब्याजदर बढेर ०.५० देखि ०.७५ प्रतिशतसम्म भएको छ ।

अमेरिकी केन्द्रीय बैंकको यो निर्णयसँगै विश्वका अधिकांश(अमेरिका) बाहेकका सेयर बजारमा गिरावट आएको छ । विश्व बजारमा सुनको भाउमा समेत पहिरो गएको छ ।

नेपालजस्तो गरीब मुलुकका लागि समेत ब्याजदर बढेसँगै आयात खर्च बढ्ने, अमेरिकी डलरसँग नेपाली रुपैयाँ अझ बढी अवमूल्यन लगायतका घाटाहरु हुने अर्थविदहरुले बताएका छन् ।

अमेरिकामा सन् २००६ पछि दोश्रोपटक डिसेम्बर १५ मा ब्याजदर बढाइएको हो । यसअघि अमेरिकी केन्द्रीय बैंकले सन् २०१५ मा बण्ड खरिदारी कार्यक्रमलाई बन्द गरी ब्याजदर बढाउने निर्णय लिएको थियो ।

नीति बनाउने निकाय फेडरल ओपन मार्केट कमिटीले मुख्य फेडरल दरमा ०.५ देखि ०.७५ प्रतिशतसम्म बढोत्तरीको सर्वसम्मति निर्णय गरेको थियो । कमिटीले अमेरिकी अर्थव्यवस्था बिस्तारै मजबुत बन्दै जाने बताएको छ । उसले अमेरिकी अर्थव्यवस्थामा महंगी खासै नबढ्ने, बरु लेबर मार्केट मजबुत हुने आशा व्यक्त गरेको छ । उसका अनुसार अमेरिकी अर्थव्यवस्थाको आउटलुकमा लगातार सुधार देखिएको छ ।

केमा होला असर ? 
अमेरिकी ब्याजदर बढेसँगै विश्वका कैयन मुलुुकको अर्थव्यवस्था प्रभावित हुनेछ । विश्वका कयौ सेयर बजारहरुमा यो निर्णयसँगै मन्दी आएको छ । विश्वका मुद्राहरुको मूल्य समेत डलरको अगाडि अवमूल्यन हुने समस्या आउनसक्छ । आयातमा आधारित अर्थतन्त्र भएका सबै मुलुकलाई अमेरिकी केन्द्रीय बैंकको यो निर्णयले असर गर्नेछ । भारत, नेपाल जस्तो देशको आयात खर्च बढ्नेछ ।

यस्तै, अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाएपछि डलर मजबुत बन्ने भन्दै लगानीकर्ता यसतर्फ आकर्षित भएपछि लगातार घटिरहेको सुनको भाउ अझै घट्ने निश्चित झै देखिएको छ । सुन कारोबारीहरुमा ब्याजदर नबढ्ला कि भन्ने झिनो आशा थियो । अब बजार अझ तल जानेछ । यसले नेपालमा समेत सुन अझ सस्तिने छ । हुन त घरेलु विज्ञहरुले सुनको मूल्य प्रति तोला ४८ हजारसम्म हुनसक्ने प्रक्षेपण गरिरहेका छन् ।

ब्याजदर वृद्धिसँगै डलर मजबुत बन्दा नेपालजस्तो देशलाई फाइदा पनि छ । नेपालको अर्थव्यवस्था रेमिटान्समा आधारित हो । यसकारण डलरको भाउ बढ्दा मुलुकमा भित्रिने रेमिटान्स बढ्नेछ । यसले नेपालबाट निर्यात हुने हस्तकला लगायतका निर्यातजन्य सामानका उत्पादनकर्तालाई चाहि बढी फाइदा हुनेछ ।

तर डलर मजबुत बन्दा अमेरिका लगायतका देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरुको खर्च चाहि बढ्नेछ । विदेश घुुम्न जानेहरुले समेत ब्याजदर वृद्धिपछि डलरमा हुने मजबुतीको असर भोग्नुपर्नेछ ।

डलर मजबुत हुँदा सरकारले ठूला आयोजनाका लागि लिएका वैदेशिक ऋणहरुको आकार थोरै भए पनि बढ्नेछ । ऋण भुक्तानका लागि विनियोजित यसअघिको बजेट अपुग हुने हुँदा यसतर्फ पनि सरकारले घाटा व्यहोर्नु पर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका