Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
५ नम्बर प्रदेश विभाजन प्रस्ताव विरुद्ध आमहड्ताल सुरु, रुपन्देही नेपालगन्ज,लगाएतका जिल्लाहरु ठप्प – Gaule Khabar

५ नम्बर प्रदेश विभाजन प्रस्ताव विरुद्ध आमहड्ताल सुरु, रुपन्देही नेपालगन्ज,लगाएतका जिल्लाहरु ठप्प

५ नम्बर प्रदेश विभाजन प्रस्ताव विरुद्ध आमहड्ताल सुरु, रुपन्देही नेपालगन्ज,लगाएतका जिल्लाहरु ठप्प

नेपालगन्ज,पुस १-

सरकारले प्रदेश नम्बर पाँचका पहाडी जिल्लाहरुलाइ अलग गर्ने गरी ल्याएको संविधान संशोधन प्रस्तावको विरुद्धमा नेपालगन्ज रुपन्देही लगाएतका जिल्लाहरुमा आज देखि आमहड्ताल सुरु भएको छ । बन्दको प्रभाव नेपालगन्जमा विहानै देखि देखिएको छ । लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने उद्योग कलकारखाना,बजार, विद्यालय पुर्णरुपमा बन्द छन् । प्रदर्शनकारीहरु विहानै देखि चोक चोकममा निस्केर प्रदर्शन गरिरहेको छन् ।

संयुक्त संघर्ष समितिले पुस १ देखि ३ गते सम्म बन्द आह्वान गरेको छ । समितिले दोस्रो चरणको आन्दोलन अन्तरगत बन्द आह्वान गरेको जनाएको छ । यस अघि मंसिर १५ देखि २१ सम्म आन्दोलन चर्काएको समितिले साँझ पाँच बजे देखि विहान सम्म बजार तथा यातायात सञ्चालन गर्न दिए पनि आज देखि सुरु भएको बन्द साँझ ५ बजे नखुल्ने बताएको छ ।

2

बन्दमा एम्बुलेन्स, पानी, दुध, प्रेस, विवाहका सवारी साधनलाइ चल्न दिने समितिले जनाएको छ । सीमाङकन हेरफेर विरुद्धको आन्दोलनको कारण गुल्मी दुइ साता देखि ठप्प छ । अन्य जिल्लाहरुमा आन्दोलनको स्वरुप परिवर्तन गरिए पनि गुल्मी अझै खुल्न सकेको छैन । आज देखि अन्य जिल्लाहरुमा समेत बन्द आह्वान गरे पछि प्रदेश नम्वर पाँचको जन जिवन कष्टकर हुदै गएको छ । रुपन्देही लगाएतका जिल्लाहरुमा प्रदेश नम्वर पाँचलाइ टुक्राउन नहुने भन्दै नारा जुलुश तथा कोण सभाहरु हुदै आएका थिए । यस्तै पाल्पा र अर्घाखाँचीमा पनि वन्द आह्वान भएको छ ।

गतेसम्म रोल्पा तथा प्यूठान पनि ठप्प छ । रोल्पा—प्यूठान संयुक्त सङ्घर्ष समिति आन्दोलनलाई थप सशक्त बनाउन आमहड्तालमा उत्रिएको बताएको छ ।

3

1

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका