Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लागु औषधसहित मानिस पक्राउ, भन्सार छलिका कपडा बरामद – Gaule Khabar

लागु औषधसहित मानिस पक्राउ, भन्सार छलिका कपडा बरामद

लागु औषधसहित मानिस पक्राउ, भन्सार छलिका कपडा बरामद

चितवन, मंसिर ३०–

चितवन प्रहरीले भन्सार छलि ल्याउने सामाग्री र लागु औषध ओसार–पसारविरुद्ध कडा अप्रेशन सुरु गरेको छ । प्रहरीले केही दिन यता अप्रेशन गर्दै लागुऔषध सहित मानिस पक्राउ गर्नुको साथै भन्सार छलि ल्याइएका सामान बरामद गर्न थालेको छ ।
चितवन प्रहरीले
बुधबार साँझ भरतपुर उपमहानगरपालिका–३ स्थित सवारी चेकजाँच गर्ने क्रममा बा ५७ प ५०८५ नं.को मोटर साईकलबाट लागुऔषध बरामद गरेको छ । मोटरसाईकलको बाँया तर्फको लेगार्ड कभर भित्र पत्रिकाले बेरी टेपले बाँधी लुकाई राखेको अवस्थामा लागु औषध डाईजेपाम १८ एम्पुल, ब्रुफिनर्फिन १८ एम्पुल र फेनारगन १८ एम्पुल बरामद गरेको हो । लागु औषधसहित प्रहरीले मोटर साईकल चालक भरतपुर उपमहानगरपालिका–२६ बस्ने बर्ष २३ को संजिव महतोलाई समेत पक्राउ गरेको छ । उनलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

भन्सार छली ल्याएको सामान बरामद

चितवन प्रहरीले भरतपुर उपमहानगरपालिका–४ बेलचोकमासवारी चेकजाँच गर्ने क्रममा ना ४ ख ९८५० नं.को ट्रक रोकी चेकजाँच गर्दा कपडा बरामद गरेको छ । सो ट्रकमा कपडाहरु रहेको र सो सम्बन्धमा अनुसन्धान गर्दा उक्त कपडाहरुको कम बिल बनाई तथा भन्सार महशुल कम तिरी ल्याएको पाईएकोले बरामद गरी आबश्यक कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग क्षेत्रिय कार्यालय पथलैयामा बुझाईएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका