हात्तीको आक्रमणबाट ठोरीमा एकको मृत्यु

हात्तीको आक्रमणबाट ठोरीमा एकको मृत्यु

पर्सा (ठोरी), मंसिर ३०–

पर्साको निर्मलवस्ती–४ का सिकारीवासमा तोरीबाली कुर्नबसेका ३९ वर्षिय रोगाही चौधरीको बुधबार राती साढे ११ बजे जंगली हात्तीको आक्रमणबाट ज्यान गएको छ । चितवन राष्ट्रिय निकुन्जबाट निस्कीएको हात्तीले तोरीबारीमा टहरा बनाई राती कुर्न बसेका चौधरीको सुतीरहेकै स्थानमा आक्रमण गरेको र घटना स्थनमै ज्यान लिएको ईलाका प्रहरी कार्यलय ठोरीले जानकारी दिएको छ ।

यस्तै हात्तीले ज्यान चौधरीको ज्यान लिनुका साथै स्थानीय हुलासी महत्तोको घरमा समेत क्षती पुर्याएको छ । चितवन राष्ट्रिय निकुन्ज र पर्सा वनजन्तु आरक्षबाट आहारा खोजीका लागि गाउँ पस्ने हात्तीलगायत जङ्गली जनावरको आक्रमणमा परी पर्साको ठोरी, निर्मलबस्ती लगायतका गाविसका बासिन्दा समस्यामा पर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ