Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ट्याङ्करकोे ठक्करबाट बालकको मृत्यु – Gaule Khabar

ट्याङ्करकोे ठक्करबाट बालकको मृत्यु

ट्याङ्करकोे ठक्करबाट बालकको मृत्यु

पर्सा,मंसिर ३० –

वीरगन्ज– पथलैया सडक खण्डको परवानीपुरमा आज दिउँसो एलपी ग्यास ट्याङ्करले ठक्कर दिँदा एक तीन वर्षीय बालकको मृत्यु भएको छ ।

पथलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको एनएल ०१ एल ७३१६ नं को ट्याङ्करले परवानीपुरको ज्योतिस्पेनिङ मिल नजिकै ठक्कर दिँदा वीरगन्ज उपमहानगरपालिका– २४ लिपनिमाल निवासी बालक अरमन खतिवाडको मृत्यु भएको हो ।

हजुरआमा सुशीला खतिवडासँगै बाटो काट्ने क्रममा ग्यास ट्याङ्करले ठक्कर दिँदा अरमनको मृत्यु भएको परवानीपुरस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भिमसेन धामीले जानकारी दिनुभयो ।

सो घटनामा हजुरआमा सुशीला समेत गम्भीर घाइते भएपछि उपचारको लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएको उहाँले बताउनुभयो ।

घाइते सुशीलाको टाउको र खुट्टामा गम्भीर चोट लागेको चिकित्सकले बताएका छन् । ठक्कर दिने ट्याङ्कर र त्यसका चालकलाई कारबाहीका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका