Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भुक्तानी नपाएको किसानको गुनासो – Gaule Khabar

भुक्तानी नपाएको किसानको गुनासो

भुक्तानी नपाएको किसानको गुनासो

चन्द्रौटा (कपिलवस्तु), मंसिर ३० –

शिवराज नगरपालिका– १३, जवाभारीस्थित महालक्ष्मी सुगर मिलले उखुको क्रसिङ सुरु गरेको छ ।

मिलमा अहिले उखु धमाधम आयात हुन थालेको छ । दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ क्षमता रहेको सो मिलले नेपालको उत्पादनले मात्र मिल चलाउन नसक्दा भारतीय उखुमा निर्भर हुनुपरेको उक्त मिलका प्रबन्धक हरिनारायण चौधरीले बताउनुभयो ।

“क्रसिङ क्षमता अनुसार कच्चा पदार्थ नहुँदा अहिले मिलले दैनिक १८ हजार क्विन्टलसम्म क्रसिङ गर्दै आएको छ,” उहाँले भन्नुभयो । गत वर्ष मधेस आन्दोलन र नाकाबन्दीको चपेटामा परी दुई महिनामात्र सञ्चालन भएको सो मिलले यस वर्ष मङ्सिर २७ गतेबाट क्रसिङ सुरु गरेको छ ।

कच्चा पदार्थको अभावमा गत वर्ष पुस ११ गतेबाट सञ्चालन भएको सो मिल फागुन १० गते बन्द हुन पुगेको थियो । उखु क्रसिङ भएसँगै अहिले मिलमा भारतीय र नेपाली उखु आयात हुन थालेको छ । मिल सञ्चालनमा आएसँगै किसानले उखु काट्न शुरु गरेका छन् । यहाँ करिब ७ सय मजदूरले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।

तर किसानले अघिल्ला दुई वर्षको रु दुई करोड ५० लाख भुक्तानी नपाएको गुनासो गरेका छन् । सरकारले यस वर्षको उखुको मूल्य समयमै निर्धारण नगर्दा किसान चिन्तित बनेका छन् । तर उक्त मिलले मनोमानी ढङ्गले नेपाली उखुको प्रतिक्विन्टल रु ४९२ मूल्य कायम गरेको छ ।

सो मूल्य निर्धारणप्रति कपिलवस्तु उखु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले असहमति व्यक्त गर्नुभएको छ । उखु उत्पादक सङ्घ तथा चिनी उत्पादक सङ्घले कायम गरेको मूल्य भुक्तानी गर्नुपर्ने उहाँको माग छ ।

मिलले भारतीय उखुलाई भने प्रतिक्विन्टल रु ५१२ का दरले भुक्तानी दिँदै आएको छ । सरकारले किसानलाई प्रतिक्विन्टल उखुमा रु २५ अनुदान दिने घोषणा गरे पनि उक्त मिलले भुक्तानी गर्न सकेको छैन । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका