Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सूचना टाँस गरी संसद स्थगित – Gaule Khabar

सूचना टाँस गरी संसद स्थगित

सूचना टाँस गरी संसद स्थगित

काठमाडौँ, मंसिर ३० –

संविधान संशोधनका विषयमा प्रमुख दलहरुका बीचमा कुराकानी मिल्न नसक्दा व्यवस्थापिका–संसद्को आजको बैठक सूचना टाँस गरी स्थगित भयो ।

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र०ले संविधान संशोधनसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले सरकारले सो प्रस्ताव फिर्ता नलिएसम्म संसद् अवरुद्ध गरिरहने जनाएको छ ।

आजको सदनको बैठक विशेष कारण जनाउँदै आगामी पुस ४ गते सोमबार दिनको १ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी सूचनामा जनाइएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो ।

मङ्सिर १६, १७, १९, २२ र २४ गतेका संसद् बैठक पनि प्रमुख प्रतिपक्षी दलद्वारा अवरुद्ध भएको थियो । सत्तारुढ दलले तराई मधेसवादी दलका माग सम्बोधन गर्न संसद् सचिवालयमा संविधान संशोधनको प्रस्ताव दर्ता गराएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव फिर्ता नहुने तर संशोधनका विषयमा हेरफेर गर्न सकिने बताउँदै आउनुभएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका