संशोधन प्रस्ताव संसदबाटै फेल हुन्छः भुसाल

संशोधन प्रस्ताव संसदबाटै फेल हुन्छः भुसाल

वुटवल,मंसिर २९

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सरकारले संसदमा दर्ता गरेको सीमांकन हेरफेरको प्रस्ताव संसदबाटै फेल हुने बताएका छन् । उनले जनताको बिपक्षमा रहेर पेश गरिएको प्रस्ताब कुनै हालतमा पास नहुने जीकिर गरे ।

प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेता भुसालले सरकारले अरु प्रदेशको पनि सीमाना हेरफेर गर्न नसक्ने बताए ।पाँच नम्बर प्रदेश विभाजन गर्न खोज्दा भएको जनताको आन्दोलनले अव सरकारले अरु प्रदेशको सीमाना हेरफेर गर्नका लागि सोच्न बाध्य बनाउने बताए ।

‘पाँच नम्बर प्रदेशका जनताले समेत यसलाई अस्वीकार गरेका छन्, संसदमा पनि प्रस्ताव पारित गर्न आवश्यक संख्या नपुग्ने निश्चित छ ।’ उनले भने ।यदि पास भइहाले पनि त्यो लागू हुन नसक्ने उनको जीकिर छ ।उनले अब संघीय ब्यबस्थालार्इ कार्यान्वयनमा लैजानका लागि दलहरु डराउन नहुने बताए ।

‘नयाँ संरचनामा जाँदा दुनियाँका सबै देशमा यस्तै हुन्छ, तर हामी यो अभ्यासबाट पछि हट्नै हुन्न ।’ एमालेले प्रस्ताब नै असंबैधानिक भनेको छ नि भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘संसद सचिबालयमा दर्ता भएको प्रस्ताबलाइ अदालतले नै असंबैधानिक ठहरेमा एमालेले यसमा पुर्नबिचार गर्छ’ भुसालले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ