Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
धान खरिद सुरु – Gaule Khabar

धान खरिद सुरु

धान खरिद सुरु

नेपालगन्ज, मंसिर २९ –

नेपाल खाद्य संस्थानको अञ्चल कार्यालयले आजदेखि कृषकसँग धान खरिद सुरु गरेको छ ।

समर्थन मूल्य निर्धारण समितिले धानको मूल्य तोकेको करिब दुई सातापछि संस्थानले कारकाँदोस्थित आफ्नो कार्यालयबाट धान खरिद सुरु गरेको हो । मोटा धान प्रतिक्विन्टल रु दुई हजार ५० र मध्यम धानको रु दुई हजार १५० मूल्य निर्धारण गरेको कार्यालय प्रमुख मोतीराज ज्ञवालीले जानकारी दिनुभयो ।

पहिलो चरणमा २० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको ज्ञवालीको भनाइ छ । गत वर्ष मोटा धान प्रतिक्विन्टल रु एक हजार ९२५ र मध्यम धान रु दुई हजार ५० मा खरिद गरिएको थियो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका