‘कालिञ्चोक केवलकार’ निर्माणमा विवाद

‘कालिञ्चोक केवलकार’ निर्माणमा विवाद

दोलखा, मंसिर २९ –

स्थानीय लापिलाङ गाविस–६ झरेनी सामुदायिक वनमा निर्माण गर्न लागिएको ‘कालिञ्चोक केबुलकार’का सम्बन्धमा विवाद बढेको छ ।
जिल्लाका पहुँचबाला नेता तथा व्यावसायीको दबाबमा जिल्ला विकास समिति र कालिञ्चोक गाविसले केबुलकार निमार्णमा स्वीकृति दिए पनि सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति र वन कार्यालयको स्विकृति नलिएकाले विवाद बढेको हो ।

कालिञ्चोक दर्शन प्राली नामक संस्थाले केबुलकार निर्माण हुने जमिन गुठी संस्थानको भएको दाबी गरेको छ ।
केबुलकार निर्माणमा विभिन्न दलका नेता तथा कार्यकर्ता र स्थानीय व्यापारी गरी ६५ जनाको लगानी रहेकोले तिनको दबाबमा जिल्ला प्रशासन कार्यालयले वन क्षेत्रको जग्गा उपलब्ध गराउन गुठी संस्थान तथा वन मन्त्रालयमा पत्राचार गरेपनि सो मन्त्रालयले कालिञ्चोक दर्शन प्रालीलाई वातावरणीय प्रभाव मूल्याङ्न मात्र गर्न स्विकृति दिएको जिल्ला वन कार्यालयले जनाएको छ ।

सामुदायिक वन महासङ्घका जिल्ला अध्यक्ष कमला बस्नेतले यो सामुदायिक वन क्षेत्रको जग्गा भएकाले सामुदायिक वन र जिल्ला वन कार्यालयको स्वीकृतमा मात्रै उपभोग गर्न पाइनेमा स्थानीय जनताको अधिकारमा हस्तक्षेप गर्नुका साथै कानुन बिपरितका काम भएको बताउनु भएको छ ।
सामुदायिक वन महासङ्घले हालै आयोजना गरेको छलफलमा जिल्ला वन कार्यलय, सुस्पा सामुदायिक वन, चर्नावती सामुदायिक वन, सुक्राम सामुदायिक वन लगायतका पदाधिकारीले सो सार्वजनिक जग्गा सरकारी सम्पति भएको ठोकुवा गरेका छन् ।

उनीहरुले केबुलकार निमार्णमा वन कार्यालय, सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिको स्वीकृति हुनुपर्नेमा जोड दिएका छन भने एमाले नेता बालकृष्ण शिवाकोटीले आफूहरुले सबै कानुनी प्रक्रिया पु¥याएको र २७ वर्षका लागि गुठी संस्थानसँग सम्झौता भएको बताउनुभएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ